logo

विमस्टेकको पाँचौ शिखर सम्मेलन जनवरीमा गर्ने तयारी

    1963   पटक पढिएको


२३ असोज/अर्थ र व्यापार– वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने तयारी भएको छ ।

गत वर्षको सम्मेलनमा यही बर्षको अक्टोबरमा सम्मेलन गर्ने समझदारी भएपनि कोभिड–१९ को महामारीका कारण सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने तयारी भएको हो ।

चौथो सम्मेलनपछि बिमस्टेकको अध्यक्षता लिएको श्रीलंकाले आगामी वर्षको जनवरीमा सम्मेलन गर्ने प्रस्ताव गरेको छ । सम्मेलनको मिति तय गर्न सदस्य राष्ट्रहरुबीच वार्ता भइरहेको छ ।

कोभिड–१९ को महामारी नियन्त्रणमा आएमा भौतिक रुपमा सम्मेलन गर्ने नभए भर्चुअल विधिबाट भए पनि सम्मेलन गर्ने तयारी छ । शिखर सम्मेलन अगाडि बिमस्टेक देशका परराष्ट्र मन्त्रीहरुको बैठक गर्ने तयारी समेत अगाडि बढाइएको छ । 

स्थापनाको दुई दशक भइसक्दा पनि यस बीचमा बिमस्टेकका जम्मा ४ वटा मात्र सम्मेलन भएको छ । सन् २०१८ मा काठमाडौँमा भएको चौथो शिखर सम्मेलनले बिमस्टेकको संस्थागत विकास र अन्य विषयहरुमा महत्वपूर्ण निर्णय लिएको थियो ।

बिमस्टेकले कनेक्टीभिटीलाई बढाउन बिमस्टेक मोटर सम्झौतालाई अन्तिम रुप दिने काम गरिरहेको छ । बिमस्टेक कोस्टल सिपिङ सम्झौतामा पनि छलफल भइरहेको छ । त्यसैगरी बिमस्टेक स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रुप दिने काम पनि भइरहेको छ ।

आतंकवादको नियन्त्रण, वातावरण, दिगो विकास, उर्जा, जलवायु परिवर्तन, कृषि, माछापालन, प्रविधि, यस क्षेत्रमा पर्यटन प्रवद्र्धन र माउन्टेन इकोनोमी लगायतका को क्षेत्रमा मिलेर काम गर्नका लागि भिजन डकुमेन्ट र अन्य संस्थागत विकासका कामहरु समेत भइरहेका छन् ।

बिमस्टेकले दीर्घकालीन विकास लक्ष्य अनुसार सन् २०३० भित्र यस क्षेत्रमा गरिबीलाई उन्मुलन गर्ने लक्ष्य लिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।