logo

सैनामैना नगरपालिकाको बजेट ५४ करोड ६७ लाख

    1669   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – रुपन्देहीको सैनामैना नगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷२०७५ का लागि ५४ करोड ६७ लाख १३ हजार ५ सय ८४ बजेट ल्याएको छ । बजेटमा चालु खर्च १७ करोड ५६ लाख ३१ हजार ४ सय ४० र पूँजीगत खर्च २६ करोड ५७ लाख १४ हजार १ सय ४४ विनियोजन गरिएको छ । 

नगरप्रमुख चित्रबहादुर कार्कीले मंगलबार बजेट प्रस्तुत गरे । बजेटमा प्रत्येक वडालाई ५ करोड ८३ लाख ४९ हजार ७ सय रकम विनियोजन गरिएको छ । जसमा सबैभन्दा बढी वडा नम्बर १० मा ६० लाख ७० हजार ६ सय र सबैभन्दा कम वडा नम्बर ८ मा ४२ लाख ६४ हजार ३ सय रकम विनियोजन गरिएको छ । फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि रिसाइकल र ल्याण्डफिल साइटका लागि पचास लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले खानेपानी र सरसफाईका लागि ७५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । खानेपानी संस्था र समितिले वार्षिक आम्दानीको दश प्रतिशत अनिवार्य सरसफाई क्षेत्रमा लगाउनुपर्ने बजेटमा व्यवस्था गरिएको छ । मूख्य सडक कालोपत्रेका लागि ६ करोड ७३ लाख ४१ हजार १ सय रुपैयाँ रकम विनियोजन गरिएको छ । कृषि तथा पशुपालनका लागि १ करोड ३५ लाख ७७ हजार रुपैयाँ रकम विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रको कार्यक्रममा ९ करोड ८६ लाख ६९ हजार ३ सय विनियोजन भएको छ । यसैगरी बजेट विनियोजन कार्यक्रममा पर्रोहा स्वास्थ चौकीलाई १५ शैय्याको अस्पतालका रुपमा स्तरोन्नती गरिने उल्लेख छ । स्थानिय समुदाय र नेपाली सेनाको सहकार्यमा सर्पदंश अस्पताल निर्माणका लागि २० लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि १ करोड ७९ लाख ३ हजार रकम विनियोजन गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।