logo

तिन बर्ष देखि बन्द रहेको पाँचतारे होटल एभरेष्ट पुनः सञ्चालनमा आउने

    1930   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - बिगत तिन बर्ष देखि बन्द रहेको पाँचतारे होटल एभरेष्ट पुनः सञ्चालनमा आउने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सबैभन्दा नजिक रहेको पाँचतारे होटल एभरेष्ट तीन वर्षसम्म बन्दा हुँदा लागेको बार्षिक करोडौको घाटा लागिरहेको छ । पुरानै सञ्चालक मस्कुर अहमद लारीले फेरि होटल सञ्चालनमा ल्याउन लागेका हुन । होटल बन्द हुँदा तीन वर्षदेखि बार्षिक आउने करोडौंको लाभ गुमेको छ भने होटलप्रतिको विश्वास पनि कम हुँदै गएको छ ।

पुराना कर्मचारी हटाउने बहानामा सञ्चालकले लिएको ईगोका कारण आफ्नै व्यवसाय वर्षो ठप्प भएपछि अब होटल रिनोभेसन गरेर पुःन सञ्चालनको तयारी धमाधम भइरहेको छ । यो होटल पछिल्लो समय बिक्रीको दाउँमा राखिएको भएपनि भारतीय नागरिकको लागनी रहेको र पारिवारिक विजनेसका कारण प्रक्रियागत समस्या भएकोले होटल बिक्री हुन सकेन । यो होटल किन्न उद्योगी व्यवसायीदेखि मोफसलका उद्योगी र विदेशी लगानीकर्तासम्मले चासो देखाएका भएपनि होटल बिक्री गर्न नमिलेका कारण भारतीय लगानीकर्ता लारीले आफैं सञ्चालन गर्न लागेको उल्लेख छ । करिब १० अर्ब लगानी रहेको बानेश्वरको पाँचतारे होटल दि एभरेष्ट २०७२ बैशाखमा गएको भूकम्प र लगत्तै गएको पराकम्पनका कारण क्षति पुगेर बन्द भएको यो होटल अझै सञ्चालनमा आउन सकेको छैन ।

होटललाई रेक्ट्रोफिट नगरी सञ्चलनमा ल्याउन नमिल्ने भनेका र सोही कारण देखाएर होटल बन्द भएको थियो । अहिले यो होटललाई आवश्यक मर्मतसहित रेक्ट्रोफिट भइरहेको छ । तत्कालिन समयमै भएको निरीक्षण क्रममा गएको एक सरकारी टोलीले रेक्ट्रोफिट गरेर मात्रै होटल सञ्चालन गर्न सक्ने सुझाव दिएको थियो । होटल व्यवस्थापनलाई भने मजदुर निकाल्नुपर्ने र आफ्नै सेटिङ नमिलेका कारण होटल खोल्न कुनै चासो देखाएको थिएन् ।
कर्मचारीले होटल बन्द भएपछि पटक पटक होटल खोल्न र कर्मचारीको उचित व्यवस्थापन गरेर मात्रै विदाइ गर्न आग्रह गर्दा पनि व्यवस्थापन चुप लागेर बस्यो । मजदुरले पटकपटक आन्दोलन पनि गरेर तर होटल खुलेन । बर्षोसम्म होटल बन्द गर्द गुमेको शाख र आर्थिक नोक्सानी भएको छ । होटल बन्द गरेर होइन खोलेरै लाभ लिन सकिने र राजनीतिक सेटिङ मिलाउन सकिने भन्दै होटल सञ्चालकले अब फेरि यसलाई सञ्चालनमा गर्न लागेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।