१ असार / अर्थ र व्यापार - बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो कुल कर्जाको ४२ प्रतिशत रकम अनुत्पादक क्षेत्रमा प्रवाह गरेकोे छ । बैंक तथा वित्तिय संस्थाहरुले १९ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेका छन् । जसको ४२ प्रतिशत अर्थात ८ खर्ब २६ अर्ब रुपैंयाँ अनुत्पादक क्षेत्रमा प्रवाह गरेका हुन् । बैंकहरुले ओभर ड्राफ्ट, सेयर मार्जिन, घर जग्गा, हायर पर्चेज लगायतका क्षेत्रमा सो मात्रामा कर्जा प्रवाह गरेका हुन् ।
बैंक तथा वित्तिय संस्थाहरुले २०७३ बैशाखको तुलनामा २०७४ बैशाखको अवधीमा अनुत्पादक क्षेत्रमा २९ दशमलब २ प्रतिशतले कर्जा बढाएका छन् । राष्ट्र बैंकले ओभर ड्राफ्ट, सेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजको कर्जालाई अनुत्पादक मान्दै आएको छ ।
तपाईको प्रतिक्रिया