logo

बेसीशहरलाई ३८ करोड ५५ लाखको बजेट

    1277   पटक पढिएको

३० असार / अर्थ र व्यापार – बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि साढे ३८ करोड रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । 

नगरप्रमुख गुमानसिंह अर्यालले प्रस्तुत गर्नुभएको बजेटमा सरकारको गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु २१ करोड ५ लाख १५ हजार, सशर्त पुँजीगत अनुदानमा रु १५ करोड ८१ लाख १७ हजार, संघीय संरचना पूर्वाधार विकास कार्यक्रम पुँजीगतमा रु ४८ लाख र आन्तरिक आयतर्फ रु ८० लाख उल्लेख छ ।

यस्तै, राजश्व बाँडफाँड रजिस्टे«सन शुल्कमा रु ३० लाख, प्राकृतिक स्रोतमा रु एक लाख, विद्युत् रोयल्टीमा रु एक लाख गरी कुल रु ३८ करोड ५५ लाख ३२ हजारका अनुमानित आय रहेको छ ।

व्ययतर्फ चालु खर्चमा रु ६ करोड ६ लाख २८ हजार रहेको छ । पुँजीगत खर्चतर्फ वित्तीय समनीकरण अनुदानतर्फ रु १५ करोड ७८ लाख ८७ हजार, सशर्त अनुदानतर्फ रु १५ करोड ८१ लाख १७ हजार, संघीय पूर्वाधार विकास कार्यक्रमतर्फ रु ४८ लाख, आन्तरिक पुँजीगततर्फ रु ४१ लाख गरी रु ३२ करोड ४९ लाख चार हजार रहेको छ । चालु र पुँजीगत गरी जम्मा रु ३८ करोड ५५ लाख ३२ हजार खर्च हुने अनुमानित बजेट नगरपरिषद्ले पारित गरेको छ ।

नगरसभाबाट नगरपालिकाका १४ वटै वडाको रु ६०/६० लाख बराबरको योजना तथा कार्यक्रम पारित गरिएको छ । नगरपालिकाको विकासका लागि भौतिक पूर्वाधार, यातायात, सूचना तथा सञ्चार, भवन तथा आवास, शहरी विकास, विपद् व्यवस्थापन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, शिक्षा, वातावरण, पर्यटन लगायतका क्षेत्रको छुट्टै नीति तथा कार्यक्रम तयार गरिएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।