२७ असार / अर्थ र व्यापार – मुलुककै सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापामा असार सकिनै लाग्दा २३ प्रतिशत रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार स्थानीय निर्वाचनका कारण रोपाइँ प्रभावित भएको हो । किसानहरु चुनावमा होमिएकाले धानको बीउ राख्न ढिलाई हुँदा रोपाइँ प्रभावित भएको छ ।
झापामा वर्षेनि ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा वर्षे धान खेति हुने गरेको छ भने २० हजार ३ सय हेक्टर क्षेत्रफलमा चैते धान खेति हुने गरेको छ । कृषि विकास कार्यालय, झापाले वर्षे र चैते धान गरी यो वर्षमा ५ लाख १७ हजार ९ सय ६५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ ।
तपाईको प्रतिक्रिया