६ पुष / अर्थ र व्यापार - २१ औं पोखरा सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियनस(रेबान) पोखराको आयोजनामा लेकसाइडमा ३ किलोमिटर सडकमा महोत्सव गर्ने तयारी पुरा भएको छ ।
सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारासहित मनाउन लागिएको महोत्सवमा ४ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवको लागत ६५ लाख रुपैयाँ रहेको महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए । महोत्सवमा ८० लाखको कारोवार हुने अपेक्षा राखिएको उनको भनाइ छ । रेबानले २० वर्ष अघि देखी सडक महोत्सव गर्दै आएको छ ।
सातै प्रदेश र पोखरा सेरोफेराका संस्कृतिहरु महोत्सवको मुख्य आकर्षण हुनेछन् । विश्वको कुनै पनि कुनाको खानाको स्वाल लिन लेकसाइड आफैमा कामी गन्तव्य भएको रेबान पोखराका अध्यक्ष भिम भुजेलको भनाइ छ ।
तपाईको प्रतिक्रिया