logo

सामान्य प्रशासन​ मन्त्री लालबाबु पण्डितद्धारा २१ सहसचिवको सरुवा 

    2334   पटक पढिएको


१८ साउन/अर्थ र व्यापार– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णयबाट २१ जना सहसचिवको सरुवा गरेका छन् ।

सामान्य प्रशासनका अनुसार अर्थ मन्त्रालय र मातहतका निकायबाट ४ सहसचिव सरुवा भएको छ ।  सरुवापछि अर्थ मन्त्रालयमा कसैलाई पनि भित्र्याइएको छैन।

अर्थ मन्त्रालयको तत्कालीन अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखा बजेट तथा कार्यक्रम महाशाखासँग गाभिएपछि प्रमुख हरिप्रसाद बस्यालको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छ । 

यसैगरी कर कार्यालय क्षेत्र नं १ का तत्कालीन प्रमुख झलकराम अधिकारीको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ । अर्थ मन्त्रालयअन्तर्गत नै महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक सुशील पाण्डेको सरुवा प्रदेश सभा सचिवालय प्रदेश नं १ मा भएको छ । 

यस्तै केही दिनअघि महालेखा नियन्त्रको कार्यालयमा सरुवा भएका मुकुन्दराज पन्थीको लोकसेवा आयोग वा अन्तर्गत रहने गरी काज सरुवा गरिएको छ । 

यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव कृष्णप्रसाद दवाडीको सहरी विकास मन्त्रालयमा, सहरी विकासका राजेन्द्रकुमार पौडेललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, कृषि तथा पशुपन्छी मन्त्रालयका दुर्गाप्रसाद दवाडीको कृषि मन्त्रालय प्रदेश नं ७ मा तथा कृषि मन्त्रालय प्रदेश नं ७ का हरिहर अधिकारीको संघीय सरकार कृषि तथा पशुपन्छी मन्त्रालयमा सरुवा भएको छ।

सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहमा रहेका सहसचिव बेदबहादुर कार्कीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, निजामती किताबखानाका महानिर्देशक किशोरजंग कार्कीको लोकसेवा आयोगमा, प्रधानमन्त्री कार्यालयका सुशील ढकालको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वीरबहादुर राईको सामान्य प्रशासनमा सरुवा भएको छ ।

लोकसेवा आयोग धनकुटाका प्रमुख शोभाकान्त पौडेलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा र त्यसअघि ठुला करदाता कार्यालयका प्रमुख रहेका उनी वर्तमान सरकार बन्ने बित्तिकै सरुवा मागेर लोकसेवा गएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ऋषिराज कोइरालाको शीक्षा, विज्ञान प्रविधि मन्त्रालयमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नरेशकुमार चापागाईंको राष्ट्रिय योजना आयोगमा, शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका रामआधार साहको सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका ईमनारायण श्रेष्ठको सरुवा राष्ट्रिय युवा परिषदमा भएको छ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सहसचिव जयनारायण आचार्य निजामती किताबखानामा आएका छन्। प्रदेशसभा सचिवालय प्रदेश नं १ का सहसचिव वाशुदेव शर्माको सरुवा प्रदेश प्रमुखको कार्यालय प्रदेश नं २ धनुषामा र जिल्ला प्रशासन कार्यालय धनुषाका गोपालप्रसाद पराजुलीको आन्तरिक मामिला र कानुन मन्त्रालय प्रदेश नं १ विराटनगरमा सरुवा भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

युवराज खतिवडा अर्थमन्त्री भएपछि ठुला करदाता कार्यालयको प्रमुखबाट हटाइएका गंगाराम गेलाल अहिले प्रदेश प्रमुखको कार्यालय कर्णाली सुर्खेत सरुवा भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।