logo

सहरी विकास मन्त्रालयको पुँजीगत खर्च २१ प्रतिशत मात्रै

    2194   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - चालु आर्थिक वर्षको अहिलेसम्म सहरी विकास मन्त्रालयमा पुँजीगत खर्च २१ प्रतिशत मात्र भएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहरी विकासमन्त्री प्रभु साहले आर्थिक वर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च नहुने परिपाटी रोक्न आफूले दृढताका साथ काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

 असार ४ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साहले सहरी विकासका आयोजनालाई प्रभावकारी बनाउन चारबुँदे विशेष निर्देशन जारी गरे । पद बहालीकै दिन उनले प्रदेशस्तरका सरकारी पूर्वाधारको आवश्यकता पहिचान एवम् मापदण्ड निर्धारण गर्न मन्त्रालयको आवास तथा भवन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्य टोली गठन गरेका थिए । यो समितिले दुई महिनाभित्र प्रतिवेदन पेस गर्नेछ ।

मन्त्रालयको चालु आवको पुँजीगत खर्च न्यून भएकाले बाँकी अवधिमा उल्लेखनीय प्रगति हासिल गर्न, योजना र कार्यक्रमको कार्यान्वयनमा थप प्रभावकारिता ल्याउन मन्त्री साहले १६ बुँदे निर्देशन जारी गर्नुभएको छ ।

जनता आवास कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गर्न आठ जना वरिष्ठ डिभिजनल इन्जिनियरलाई जिम्मेवारी दिइएको छ । चालु एवम् विगत आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायबाट सञ्चालित कार्यक्रमका लक्ष्य सम्पन्न नभई योजना अधुरो रहेकाले यसको कारण पहिचान गरी समस्या अन्त गर्न सबै आयोजनाका अद्यावधिक विवरण सङ्कलन गरी मन्त्रालयस्तरीय छलफल गर्ने गरी मन्त्री साहले असार ९ गते निर्णय गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।