logo

सहरी विकास मन्त्रालयको पुँजीगत खर्च २१ प्रतिशत मात्रै

    2502   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - चालु आर्थिक वर्षको अहिलेसम्म सहरी विकास मन्त्रालयमा पुँजीगत खर्च २१ प्रतिशत मात्र भएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहरी विकासमन्त्री प्रभु साहले आर्थिक वर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च नहुने परिपाटी रोक्न आफूले दृढताका साथ काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

 असार ४ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साहले सहरी विकासका आयोजनालाई प्रभावकारी बनाउन चारबुँदे विशेष निर्देशन जारी गरे । पद बहालीकै दिन उनले प्रदेशस्तरका सरकारी पूर्वाधारको आवश्यकता पहिचान एवम् मापदण्ड निर्धारण गर्न मन्त्रालयको आवास तथा भवन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्य टोली गठन गरेका थिए । यो समितिले दुई महिनाभित्र प्रतिवेदन पेस गर्नेछ ।

मन्त्रालयको चालु आवको पुँजीगत खर्च न्यून भएकाले बाँकी अवधिमा उल्लेखनीय प्रगति हासिल गर्न, योजना र कार्यक्रमको कार्यान्वयनमा थप प्रभावकारिता ल्याउन मन्त्री साहले १६ बुँदे निर्देशन जारी गर्नुभएको छ ।

जनता आवास कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गर्न आठ जना वरिष्ठ डिभिजनल इन्जिनियरलाई जिम्मेवारी दिइएको छ । चालु एवम् विगत आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायबाट सञ्चालित कार्यक्रमका लक्ष्य सम्पन्न नभई योजना अधुरो रहेकाले यसको कारण पहिचान गरी समस्या अन्त गर्न सबै आयोजनाका अद्यावधिक विवरण सङ्कलन गरी मन्त्रालयस्तरीय छलफल गर्ने गरी मन्त्री साहले असार ९ गते निर्णय गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।