logo

६ माघको उम्मेदवारी दर्ताको समय सार्न निर्वाचन आयोगलाई दबाब

देउवा समूहको कांग्रेस, एमाले लगायतका दलद्वारा आगामी १५ माघदेखि मसान्तसम्म सार्न आग्रह

    441   पटक पढिएको



४ माघ/अर्थ र व्यापार – आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै अहिले निर्वाचन आयोगमाथि विभिन्न राजनीतिक दलहरुले दबाब दिएका छन् ।
२१ फागुनमा हुने पूर्व निर्धारित निर्वाचनको कार्यतालिका बमोजिम ६ माघमा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेस समेत बिवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
उम्मेदवारी दिने समय सार्नकालागि नेपाली कांग्रेस शेरबहादुर देउवा समूह, नेकपा एमाले लगायतका दलद्वारा मनोनयन दर्ताको समय आगामी १५ माघदेखि मसान्तसम्म सार्न आग्रह गरेका छन् ।
आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर मंगलबार नै सुनुवाइको पहिलो पेसी पाएपछि शेरबहादुर देउवा पक्ष पनि आयोग पुगेको छ । देउवाका तर्फवाट सर्वोच्चमा पेस भएको रिटको कपी नै लिएर मीनबहादुर विश्वकर्मा नेतृत्वमा देउवा समूह निर्वाचन आयोग पुगेको हो । उनीहरुले प्रमुख आयुक्तसहितलाई भेटेर मनोनयन दर्ता गर्ने ६ माघको मिति सार्न आग्रह गरेका हुन् ।
यसअघि निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको र त्यसमा चित्त नबुझेपछि आफूहरु अदालत गएकाले अदालतको पहिलो सुनुवाइपछि मात्र मनोनयन गर्ने व्यवस्था मिलाउन देउवा पक्षले आग्रह गरेको छ ।
आयोग स्रोतका अनुसार अहिले कांग्रेस, एमाले लगायतका दलले मनोनयन दर्ताको समय आगामी १५ माघदेखि मसान्तको दिनसम्म सार्न आग्रह गरेका छन् । यस्तो दबाबकाबीच आयोगले अहिलेसम्म मनोनयन दार्ताको मिति सार्ने विषयमा कुनै निर्णय नगरिसकेको छैन । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी गराएका हुन् । ‘अहिले आयोगमा केही दलमा नेता पनि आउनुभएको छ , आयोगले अझैसम्म केही निर्णय गरेका छैन,’ भण्डारीले भने । केही समयको छलफल एवं राय लिएर मात्र निर्णमा पुगिने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।