logo

किवानिज इन्टरनेशनलको उपाध्यक्षमा मोहन लम्सालको उम्मेदवारी घोषणा

    249   पटक पढिएको

२५ मंसिर/अर्थ र व्यापार- किवानिज इन्टरनेशनलको उपाध्यक्ष पदमा किवानिज क्लवका पूर्व डिष्ट्रिक्ट गर्भनर तथा पर्यटन व्यवसायी मोहन लम्सालले उम्मेदवारी घोषणा गरेका छन् । आगामी जुन २४ देखि २७ सम्म फिलिपिन्सको मनिलामा हुने अन्तर्राष्ट्रिय सम्मेलनले किवानिज इन्टरनेशनलको नयाँ नेतृत्व चयन गर्नेछ ।

किवानिज इन्टरनेसनल, विश्वलाई एक बच्चा र एक समुदायको हिसाबले सुधार्न समर्पित स्वयंसेवकहरूको विश्वव्यापी संगठन हो । करिब ८५ देश र भौगोलिक क्षेत्रमा करिब ६५०,००० सदस्यहरू रहेका किवानिज क्लबहरूले प्रत्येक वर्ष लगभग १,५०,००० सेवा परियोजनाहरू आयोजना गर्छन् ।

बुधवार आफ्नो उम्मेदवारी घोषणा गर्दै लम्सालले आफ्नो उम्मेदवारीले विश्वमाझ नेपाललाई चिनाउन सहयोग गर्ने वताए । लम्सालले गत ११ वर्षमा स्थानिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न नेतृत्व भूमिकामा रहेर काम गरीसकेका छन् । हाल उनी किवानिज बोर्ड अफ ट्रष्टी (किवानिज इन्टरनेशनल डाइरेक्टर) को पदमा रहेका छन ।

आफ्नो उम्मेदवारीले नेपालको पर्यटन प्रवद्र्धनको ठूलो अवसर प्रदान गर्ने, सामाजिक क्षेत्रमा सहयोग प्राप्त ठूलो सम्भावना रहेको र नेपाललाई विश्व–मञ्चमा चिनाउने नयाँ अवसर प्राप्त हुने लम्सालले वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।