logo

भुसालले दिए पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा उम्मेदवारी

    582   पटक पढिएको


१४ माघ/अर्थ र व्यापार –पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को आगामी १८ माघमा हुने निर्वाचनकालागि उपाध्यक्ष पदमा लोकराज भुसालले उम्मेदवारी दिएका छन् । परिषद्को आगामी नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिएका भुसाल नेपालको श्रमिक र पेसागत आन्दोलनमा लामो समयदेखि सक्रिय छन् । यसैगरी, भुसालले पेशाकर्मीहरूको हक, हित, सामाजिक सुरक्षा, क्षमता विकास र मर्यादित वातावरण सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । उनी नेपाल पारा–भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनको संस्थापक सदस्य हुन् । भुसाल २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिकामा छन्।
पेसाकर्मीहरूको ३५ वर्षको प्रयासबाट २०७९ सालमा संसदबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन लागू भएको थियो । ऐनको आधारमा परिषद् गठन भएको थियो । यसको प्रभावकारी कार्यान्वयनका लागि भुसाल तदर्थ समितिमा सक्रिय सदस्यका रूपमा कार्यरत छन् । उपाध्यक्षका उम्मेदवार भुसालले परिषद्को गरिमालाई थप उचाइमा पुर्याउन आफुले राम्रो काम गर्ने दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।