logo

इम्सन अध्यक्षमा पुनः श्रेष्ठ

    488   पटक पढिएको


१२ माघ/अर्थ र व्यापार – आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन)को अध्यक्षमा पुनः रामराजा श्रेष्ठ चयन भएका छन् । संस्थाको सातौँ वार्षिक साधारणसभाले बिजखबर डट कमका प्रतिनिधि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
इम्सनको उपाध्यक्षमा इक्विटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका छन् । यसैगरी, महासचिवमा सिंहदरबार डट कमका नारायण पौडेल पुनः दोहोरिएका छन् ।
त्यसैगरी, सचिवमा अर्थ पथ डटकमका विष्णु तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सहसचिवमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडेल चयन भएका छन् । यस्तै, संस्थाको सदस्यहरूमा अर्थ संसार डटकमका मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डटकमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डटकमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सम्पन्न साधारणसभाले आगामी दुई वर्षकालागि नयाँ कार्यसमिति चयन गरेको हो । इम्सनले देशमा आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिच रहेर पुलको काम गर्दै आएको जनाएको छ । नवनिर्वाचित अध्यक्ष रामराजा श्रेष्ठले आगामी कार्यकालमा आर्थिक मिडिया सञ्चालकहरूको हितमा काम गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउन सहयोगी भूमिका खेल्ने बताए । अहिले यस संस्थामा २७ वटा आर्थिक मिडिया आबद्ध छन्।
संस्थाको पहिलो कार्यसमिति बैठकले अनुशासन समितिको संयोजकमा न्युज एजेन्सी नेपालका सविन धमलालाई चयन गरेको छ । आचारसंहिता समितिको संयोजकमा आर्थिक भ्वाइस डटकमका विजय फुँयाललाई चयन गरेको इम्सनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।