३ माघ / अर्थ र व्यापार- धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आवासीय विद्यालय सञ्चालनका लागि कोष खडा गर्न श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । आगामी माघ १७ गतेदेखि २३ गते सम्म बेनिघाट रोराङ, चरौँदीमा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।
बेनीघाट रोराङ गाउँपालिका शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि कालिका आवासिय विद्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताए । उच्च कुपोषण, भोकमरी र बालबालिकाले विद्यालय छाड्ने दर जस्ता चुनौतिसँग जुधिरहेको बेनिघाट रोराङ गाउँपालिकामा कुपोषण र भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताको लागि महायज्ञ आयोजना गरिएको अध्यक्ष थपलियाले वताए ।
महायज्ञमा राधिका दासीको मुखारविन्दबाट कथा वाचन हुने छ । कार्यक्रममको मुल समारोह समिति, उपसमिति र वडास्तरीय सहजीकरण समिति निर्माण भईसकेको छ । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले समेत सो महायज्ञमा एक महिना बरावरको तलव भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताको लागि दान दिने गाउँपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया