logo

जनजागृति टोल सुधार समितिको अध्यक्षमा देवकोटा

    645   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार – काठमाडौको तारकेश्वर नगरपालिका–४ र ५वडा लोलाङस्थित जनजागृति टोल सुधार समितिको अध्यक्षमा दिलिप देवकोटा निर्वाचित भएका छन् । समितिको शनिबार सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट देवकोटा सहित सबैजाना र्निविरोध निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा पुष्पा गुरुङ, सचिवमा रुद्रबहादुर राउत, सह सचिवमा गोपाल श्रेष्ठ, कोषाध्यक्षमा हरिचन्द्र घिमिरे, निर्वाचित भएका छन् । यसैगरी, कार्यसमिति सदस्यहरुमा निलनाथ आचार्य, पूर्ण गुरुङ, सलिना अर्याल, मैनाकुमारी बनकार्की, छविलाल वस्ती, भगवान पोखलेल,गोमा बल्छौंडी, सुब्बा घलान निर्वाचित भएका छन् ।
सो निर्वाचन सम्पन्न गर्नकालागि समितिका पूर्व अध्यक्ष तोकबहादुर तामाङको संयोजकत्वमा तिन सदस्य निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिको सदस्यहरुमा समितिका पूर्व सल्लाहकार एवं वरिष्ठ पत्रकार मधुजंग पाण्डे र सो समितिका सदस्य लक्ष्मी अधिकारी रहेका थिए । नवनिर्वाचित अध्यक्ष लगायत सबैलाई समितिका निवर्तमान अध्यक्ष राजकुमार प्रधान र निर्वाचन संयोजक तामाङले पद तथा गोपनियताको सपथ ख्वाएर प्रमाणपत्र प्रदान गरेका थिए ।
समितिका निवर्तमान अध्यक्ष राजकुमार प्रधानले समिति स्थापनाकालदेखि अहिलेसम्म भएका विविध गतिविधीहरुबारे जानकारी गराएका थिए । उनले समितिले गर्न खोजेका पूर्वाधार विकासका काममा जनप्रतिनिधीहरुको सहकार्य एवं भूमिका बढाउनु आवस्यक भएको धारणा राखेका थिए ।
सो साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन बागमति प्रदेशका साँसद् बसन्त मानन्धरले गरेका थिए । उनले शहरी बस्ती विस्तारको क्रममा स्थापना भएको जन जागृति टोल सुधार समिति जस्ता टोलवासीको जनअपेक्षामा सहयोग गर्न जनप्रतिनिधी चुक्न नहुने बताए । मुलुकलाई आर्थिक रुपमले सम्पन्न बनाउन जनप्रतिनिधी सामाजिक विकास र आर्थिक उन्नतीकालागि संधै अग्रसर हुनुपर्ने भन्दै उनले विकास निर्माणलाई ध्यान दिन सके मात्र राजनीति पनि सफल हुने बताए । उनले स्थानीय टोलवासीको समस्या समाधानमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका काँग्रेस सभापति हस्तबहादुर गुरुङ, जितगुरु सहकारी संस्थाका अध्यक्ष तथा मिलिजुली टोलसुधार समितिका अध्यक्ष कमलप्रसाद रिमालले आ आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा नेकपा माओेवादी नेता उत्तम दाहाल, स्थानीय समाजसेवी राजकुमार फुँयाल, लोलाङ प्रहरी चौकीका प्रहरी हवल्दार जिस्मान घलान लगायत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।