logo

जनजागृति टोल सुधार समितिको अध्यक्षमा देवकोटा

    1157   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार – काठमाडौको तारकेश्वर नगरपालिका–४ र ५वडा लोलाङस्थित जनजागृति टोल सुधार समितिको अध्यक्षमा दिलिप देवकोटा निर्वाचित भएका छन् । समितिको शनिबार सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट देवकोटा सहित सबैजाना र्निविरोध निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा पुष्पा गुरुङ, सचिवमा रुद्रबहादुर राउत, सह सचिवमा गोपाल श्रेष्ठ, कोषाध्यक्षमा हरिचन्द्र घिमिरे, निर्वाचित भएका छन् । यसैगरी, कार्यसमिति सदस्यहरुमा निलनाथ आचार्य, पूर्ण गुरुङ, सलिना अर्याल, मैनाकुमारी बनकार्की, छविलाल वस्ती, भगवान पोखलेल,गोमा बल्छौंडी, सुब्बा घलान निर्वाचित भएका छन् ।
सो निर्वाचन सम्पन्न गर्नकालागि समितिका पूर्व अध्यक्ष तोकबहादुर तामाङको संयोजकत्वमा तिन सदस्य निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिको सदस्यहरुमा समितिका पूर्व सल्लाहकार एवं वरिष्ठ पत्रकार मधुजंग पाण्डे र सो समितिका सदस्य लक्ष्मी अधिकारी रहेका थिए । नवनिर्वाचित अध्यक्ष लगायत सबैलाई समितिका निवर्तमान अध्यक्ष राजकुमार प्रधान र निर्वाचन संयोजक तामाङले पद तथा गोपनियताको सपथ ख्वाएर प्रमाणपत्र प्रदान गरेका थिए ।
समितिका निवर्तमान अध्यक्ष राजकुमार प्रधानले समिति स्थापनाकालदेखि अहिलेसम्म भएका विविध गतिविधीहरुबारे जानकारी गराएका थिए । उनले समितिले गर्न खोजेका पूर्वाधार विकासका काममा जनप्रतिनिधीहरुको सहकार्य एवं भूमिका बढाउनु आवस्यक भएको धारणा राखेका थिए ।
सो साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन बागमति प्रदेशका साँसद् बसन्त मानन्धरले गरेका थिए । उनले शहरी बस्ती विस्तारको क्रममा स्थापना भएको जन जागृति टोल सुधार समिति जस्ता टोलवासीको जनअपेक्षामा सहयोग गर्न जनप्रतिनिधी चुक्न नहुने बताए । मुलुकलाई आर्थिक रुपमले सम्पन्न बनाउन जनप्रतिनिधी सामाजिक विकास र आर्थिक उन्नतीकालागि संधै अग्रसर हुनुपर्ने भन्दै उनले विकास निर्माणलाई ध्यान दिन सके मात्र राजनीति पनि सफल हुने बताए । उनले स्थानीय टोलवासीको समस्या समाधानमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका काँग्रेस सभापति हस्तबहादुर गुरुङ, जितगुरु सहकारी संस्थाका अध्यक्ष तथा मिलिजुली टोलसुधार समितिका अध्यक्ष कमलप्रसाद रिमालले आ आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा नेकपा माओेवादी नेता उत्तम दाहाल, स्थानीय समाजसेवी राजकुमार फुँयाल, लोलाङ प्रहरी चौकीका प्रहरी हवल्दार जिस्मान घलान लगायत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।