logo

काठमाडौं उपत्यका विकास प्राधिकरणद्धारा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन

    669   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड विपरीतका संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
अझै यो निर्देशनलाई अटेर गरेमा प्राधिकरण आफैंले हटाउने र त्यसमा लागेको सबै खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गरी यस्तो निर्देशन गरेको हो । यसैगरी,प्राधिकरणले काठमाडौं उपत्यका भित्रका क्षेत्रमा योजना अनुमति लिएर मात्र निर्माण कार्य अघि बढाउनुपर्ने कानुनी व्यवस्था स्मरण गराएको छ ।
जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, मिश्रित, आवासीय, सांस्कृतिक समारोह, भोजभतेरस्थल, अस्पताल, विद्यालय, सभा सम्मेलन भवन, कलेज, नर्सिङहोमका संरचना निर्माण गर्दा प्राधिकरणको अनुमति लिनुपर्ने व्यवस्था छ ।
प्राधिकरणले मापदण्ड विपरीत भए गरेका निर्माण कार्य हटाउन÷भत्काउन आदेश दिने, सो बमोजिम नगरेमा प्राधिकरण आफैंले हटाउने, त्यस्तो सम्पत्ति कुनै व्यहोराले हक छाडिदिन वा किनबेच, अंशबण्डा गर्न, बैंक तथा वित्तिय संस्थालाई धिरो बन्दकी दिन नपाउने गरी रोक्का राख्न लेखी पठाउन सक्ने समेत चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।