logo

महाराजगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी बेलकोटगढी ११ स्थास्यचौकीमा

    559   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मेडिकल क्याम्पसमा ४४औं ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरू नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित बेलकोट स्वास्थ्यचौकीमा आइपुगेका छन् ।
समुदाय स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत बेलकोटगढी–११ स्वास्थ्यचौकीमा आइपुगेका आठ जना विद्यार्थीले एक महिना यस स्वास्थ्यचौकीमा बसेर स्वास्थ्य समस्या र समाजको आवश्यकता पहिचान गरी अन्त्यमा यहाँको स्वास्थ्य समस्या समाधानका उपायबारेमा स्थानीय सरकारलाई सुझाव दिनेछन् ।
स्थानीय समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित गत ११ भदौमा नुवाकोट आइपुगेको विद्यार्थी टोलीले बेलकोटगढी नगरपालिकाभित्रका १३ वटै वडामा पुगेर आफ्नो कार्यक्रम गर्नेछन् ।
एमबीबीएस ४४ औं ब्याचमा अध्ययनरत आठ जना विद्यार्थीहरूमा रेखा जोशी, सरिता खड्का, कृतिका थापा, सुन्तली धामी, रवि सिंह, सन्दीप श्रेष्ठ, विश्व श्रेष्ठ रहेका छन् ।
बेलकोटगढी नगरपालिका–११ का वडा अध्यक्ष प्रकाशजंग पाण्डे र सोही वडाका पूर्वअध्यक्ष रामहरि पाण्डेले यी विद्यार्थीहरूले विभिन्न वडामा पुगेर यस कार्यक्रममा सहयोगका लागि स्थानीय सरोकारवालासँग आग्रह गरेबमोजिम आफूहरूले सहयोग गरिदिएको जानकारी गराए । उनीहरूले यी विद्यार्थीले यस स्वास्थ्यचौकीका इन्चार्जलगायत सम्पूर्ण कर्मचारीलाई भेटेर सँगै काम गरेको बताए ।
स्थानीय स्रोतसाधन प्रयोग गरी विद्यार्थीले नक्सा निर्माण गरेका थिए । यी विद्यार्थीले बेलकोट नगरपालिका ११ नम्बर वडाका सबै घरमा पुगेर स्थानीयको स्वास्थ्य अवस्थाबारे जाँच गरी तथ्यांकसमेत संकलन गरेका छन् । ११ भदौदेखि सञ्चालित यो कार्यक्रम आगामी ११ असोजसम्म चल्नेछ । साथै उनीहरूले सडक नाटकमार्फत स्वास्थ्य सचेतना फैलाउने कार्यक्रमसमेत गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।