logo

महाराजगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी बेलकोटगढी ११ स्थास्यचौकीमा

    842   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मेडिकल क्याम्पसमा ४४औं ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरू नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित बेलकोट स्वास्थ्यचौकीमा आइपुगेका छन् ।
समुदाय स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत बेलकोटगढी–११ स्वास्थ्यचौकीमा आइपुगेका आठ जना विद्यार्थीले एक महिना यस स्वास्थ्यचौकीमा बसेर स्वास्थ्य समस्या र समाजको आवश्यकता पहिचान गरी अन्त्यमा यहाँको स्वास्थ्य समस्या समाधानका उपायबारेमा स्थानीय सरकारलाई सुझाव दिनेछन् ।
स्थानीय समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित गत ११ भदौमा नुवाकोट आइपुगेको विद्यार्थी टोलीले बेलकोटगढी नगरपालिकाभित्रका १३ वटै वडामा पुगेर आफ्नो कार्यक्रम गर्नेछन् ।
एमबीबीएस ४४ औं ब्याचमा अध्ययनरत आठ जना विद्यार्थीहरूमा रेखा जोशी, सरिता खड्का, कृतिका थापा, सुन्तली धामी, रवि सिंह, सन्दीप श्रेष्ठ, विश्व श्रेष्ठ रहेका छन् ।
बेलकोटगढी नगरपालिका–११ का वडा अध्यक्ष प्रकाशजंग पाण्डे र सोही वडाका पूर्वअध्यक्ष रामहरि पाण्डेले यी विद्यार्थीहरूले विभिन्न वडामा पुगेर यस कार्यक्रममा सहयोगका लागि स्थानीय सरोकारवालासँग आग्रह गरेबमोजिम आफूहरूले सहयोग गरिदिएको जानकारी गराए । उनीहरूले यी विद्यार्थीले यस स्वास्थ्यचौकीका इन्चार्जलगायत सम्पूर्ण कर्मचारीलाई भेटेर सँगै काम गरेको बताए ।
स्थानीय स्रोतसाधन प्रयोग गरी विद्यार्थीले नक्सा निर्माण गरेका थिए । यी विद्यार्थीले बेलकोट नगरपालिका ११ नम्बर वडाका सबै घरमा पुगेर स्थानीयको स्वास्थ्य अवस्थाबारे जाँच गरी तथ्यांकसमेत संकलन गरेका छन् । ११ भदौदेखि सञ्चालित यो कार्यक्रम आगामी ११ असोजसम्म चल्नेछ । साथै उनीहरूले सडक नाटकमार्फत स्वास्थ्य सचेतना फैलाउने कार्यक्रमसमेत गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।