logo

देश दौडाहामा रहेका महावीर पुनले किताब बेचेरै कमाए १० करोड

    877   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए । उनले स्थानीय युवाहरूलाई साथमा लिएर हेटौंडा, मकवानपुरगढीमा कार्यतालिका बनाएर किताब बिक्री गरिरहेका छन् । किताब बेच्दै नागरिकको प्रश्नमा आफ्नो जीवनका भोगाइ, लक्ष्य र राज्यले गरेको व्यवहारका सम्बन्धमा उनी खुल्दै आएका छन् ।
महाविर पुनले आइतबार आफ्नो जीवनीको किताब बेच्दै हिँडेको २०० दिन पुगेको र यो अवधिमा करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए । यसैगरी, १० हजार ८ सय ४० किलोमिटर हिँडेको उनले सुनाए ।
सोमबार नारायणी यातायात ब्यवसायी संघमा पुगेका डा. पुनले पछिल्लो एक वर्षको अवधिमा करिब सवा लाख प्रति पुस्तक बिक्री भएको जानकारी दिए । पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ । सर्वसाधारणले उत्साहकासाथ पुस्तक खरिद गरी डा. पुनलाई सहयोग गरिरहेका छन् । शनिबार हेटौंडा आइपुगेका पुनले त्यसै दिन साँझ बुद्ध चोकमा साढे २ घण्टामा ४ सय वटा पुस्तक बिक्री गरेको सुनाए ।
राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि राज्यले एक करोड रुपैयाँ पनि नपत्याएपछि आफ्नै जीवनीलाई पुस्तकमा उतारेर बिक्री गर्दै हिँडेका पुन पछिल्लो साता हेटौंडा र आसपासमा विभिन्न टोलमा घुमिरहेका हुन् ।
सोमबार नारायणी यातायात व्यवसायी संघमा पुनले आफ्नो पुस्तक बिक्री गर्दै भने, ‘वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्नुपूर्व तयारी गर्ने क्रममा करिब एक करोड रुपैयाँ खर्च भएको रकम सरकारले भुक्तानी दिने कुरा थियो तर, सरकारले दिएन ।’
‘यो पुस्तक बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ’ उनले भने ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले गत वर्ष मात्रै आफ्नो जीवनकथामा आधारित पुस्तक सार्वजनिक गरेका थिए । ‘वीरगञ्जको कृषिऔजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन होला’ डा.पुन भन्छन् । यो पुस्तकको ई–बुक संस्करण पनि उपलब्ध गराउने तयारी गरिरहेको बताए । ३०८ पेज रहेको पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।
नारायणी यातायात व्यवसायी संघले पुनको ३० थान पुस्तक खरिद गरेको संघका महासचिव सरोज खनालले जानकारी दिए । डा. पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मेका थिए । स्थानीय विद्यालयबाट कक्षा ७ सम्म पढेका पुन म्याग्दीबाट चितवन गएर माध्यमिक तहको अध्यापन पुरा गरेका थिए ।
आर्थिक अवस्था कमजोर भएका कारण उनले स्नातक गर्न पाएनन् । त्यसपछि पुनले झण्डै १३ वर्षसम्म विभिन्न विद्यालयमा पढाए । त्यसैक्रममा उनले अमेरिका र यूरोपका विभिन्न विश्वविद्यालयमा आवेदन दिए ।
उनले ३३ वर्षको उमेरमा अमेरिकाको एक विश्वविद्यालयमा पढ्न आंशिक छात्रवृत्ति पाए र थप पढाइका लागि अमेरिका पुगे । पढाइ सकेर नेपाल फर्केका पुनलाई गाउँमा आम्दानी स्रोत खोल्ने सोचेर उनले चौरीगाई र गाईको फारम खोले ।
पुनले आफू सानो हुँदा पढेको विद्यालयमा सुधार गरेर हाइ–स्कुलसम्म पढाइ हुने बनाए भने गाउँलेहरुसँग मिलेर कागज उत्पादन सुरु गरे । गाउँमा मौरीपालन, आरुबखडाको जाम बनाउने, च्याउखेती, गाउँमै लुगा बुन्ने काममा स्थानीयलाई सहयोग गरे ।
डा. पुनले गाउँमा आएका विदेशीलाई साथी बनाउने र उनीहरुसँग सम्पर्क राखेर बिग्रेका कम्प्युटरको विभिन्न भाग ल्याइदिन लगाएर गाउँलेलाई कम्प्युटर चिनाउने मात्र नभएर बिग्रेका कम्प्युटरका भाग जोडेर कम्प्युटर नै निर्माण गर्न सिकाए ।
कम्प्युटर निर्माण गर्ने, त्यसमा इन्टरनेट जोडेर चलाउने, त्यहाँबाट वायरलेस टेक्नोलोजीमार्फत गाउँ–घरमा रहेका विभिन्न स्कुलमा इन्टरनेट पु¥याए ।
गाउँ–घरमा डाक्टर जान नमान्ने समस्या अहिले पनि उत्तिकै छ । बिगतमा त यो झनै ठूलो समस्या थियो । पुनले गाउँकै पाका महिलालाई स्वास्थसम्बन्धी तालिम उपलब्ध गराएर ती महिलाले सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला आदि रोगमा सामान्य उपचार गराउन थाले ।
२०६५ ताका पुनले हेटौंडा अस्पतालमा टेलिमेडिसिन सुरुवात गरेका थिए । ६० को दशकमा हेटौंडामा इन्टरनेट प्रयोगमा आएको थियो त्यसको केही समयभित्रै डा. पुनले हेटौंडा अस्पतालमा टेलिमेडिसिन सुरुवात गरेको हेटौंडा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष सरोजकुमार खनाल बताउँछन् ।
सरकारी अस्पतालमा पहिलोपटक हेटौंडा अस्पतालमा टेलिमेडिसिन सेवाको सुरुवात डा. पुनले नै गरेको खनालले जानकारी दिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनको जिम्मा महावीर पुनलाई दिइएको थियो । सो कारखाना वर्षौंसम्म बन्द अवस्थामा थियो भने विदेशबाट आयातित कृषि औजारको दबदबा थियो ।
यो अवस्थामा महाविरले कारखानाका मेसिन उपकरण सामान्य मर्मत गरेर कुटो, कोदालो लगायतका कृषिकर्ममा प्रयोग हुने औजारहरु उत्पादन सुरु गरेका थिए । त्यो कामका लागि रकम अभाव भएपछि उनी पुस्तक बजेर पैसा जोहो गर्ने अभियानमा लागेका हुन् ।
पुनको अभियानमा साथ दिने युवाहरुको उल्लेख्य संख्या देखिन्छ । उनीहरुले महाविर र उनको पुस्तकसँग फोटो खिच्दै सामाजिक सन्जालमा पोष्ट गरेको देखिन्छ र महाविरलाई साथ दिएको सन्देश प्रवाह गरेको पाइन्छ । डा. पुनले पनि पुस्तक बिक्रीका क्रममा देशभरबाट पाएको माया, स्नेह र सम्मान निकै अतुलनीय रहेको प्रतिक्रिया दिए ।
सोमबार हेटौंडाका युवाहरुको साथ पनि पुनले पाए । सोमबार पुनसँग पुस्तक खरिद गरेपछि हेटौंडाका निरज सिंह ठकुरीले सामाजिक सन्जालमा लेखेका छन्, ‘हेल्लो संघीय, प्रदेश अनि स्थानीय सरकार, देश बनाउने हुटहुटी भएका मान्छेहरुसँग हातेमालो गर्न कसलाई सोध्नु पर्ने हो ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।