logo

अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलेलाई

    619   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार – अर्थ सचिवमा डा.रामप्रसाद घिमिरे बढुवा भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अर्थसचिव बनाएको हो । राजस्व सचिव घिमिरेले पूर्व अर्थमन्त्रीहरु प्रकाशशरण महत, पुर्वअर्थमन्त्री वर्षमान पुनसँगका काम गरिसकेका छन् । उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चौथो पटक मन्त्री बन्दा राजस्व सचिव बनाएका थिए ।
अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । राजस्व रहेका घिमिरे अर्थ सचिवमा बढुवा भएसँगै उनको स्थानमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेले जिम्मेवारी पाएका छन् । अर्थ मन्त्रालयमा अर्थसचिवलाई सिनियर र राजस्व सचिवलाई जुनियर मानिन्छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकै पटक यतिधेरै संख्यामा सचिवहरु हेरफेर गरेको हो । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसनधान आयोगबाट रक्षा सचिवको नेतृत्वमा पुगेका छन् । श्रम रोजगार तथा समाजिक सुरक्षा सचिवमा मुकुन्द निरौला आइपुगेका छन् । निरौला यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव थिए ।
यस्तै, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई वित्त आयोगमा सरुवा गरिएको छ । लोकसेवा आयोगमा डिल्लीराम शर्मा र सूचना तथा सञ्चार सचिवमा राधिका अर्याल पुगेकी छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई ऊर्जा मन्त्रालय सरुवा गरिएको छ ।
जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा बिडारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तानिएको छ । जल तथा ऊर्जा आयोगको सचिवमा प्रमिला बज्रचार्यलाई सरुवा गरिएको छ ।
राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडीले जिम्मेवारी पाउँदा राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको सचिवमा मधुसुदन बुर्लाकोटी र सार्वजनिक खरिद कार्यालयमा रामकृष्ण सुवेदीले जिम्मेवारी पाएका छन् । संघीय मामिला सचिवमा भरत सुवेदी र वित्त आयोगमा किरणराज शर्मा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।