logo

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु , घाइते चालक अस्पतालमा

व्यवस्थापन समुहकै ५ जना

    605   पटक पढिएको

९ साउन/अर्थ र व्यापार – आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा सौर्य एयरलाइन्सकै व्यवस्थापन समूहका अधिकांश परेका छन् । व्यवस्थापन समूहमा रहेका १० मध्ये चारजनाको मृत्यु भएको छ ।
मर्मतकालागि पोखरातर्फ परीक्षण उडान भर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे छोड्ने बित्तिकै सो विमान दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको र एक जना चालक उपचारको क्रममा रहेको जनाएको छ ।
सो एयरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेल र चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटनामा परेका हुन् । घाइते क्याप्टेन शाक्यको अस्पतालमा उपचारकोक्रमा छन ।
उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार दुर्घटनामा हालसम्म १८ जनाको मृत्यु भएको र १ जनाको जीवितै उद्धार गरिएको छ । सो दुर्घटनामा परेको विमानमा सवार अधिकांश सौर्य एयरलाइन्सकै जनशक्ति हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।