logo

विराटनगरको बस्तीमा पस्यो खोलाको बाढी, विमानस्थलको उडान ठप्प ,पाँचसय बढी घर डुबानमा

गण्डकी प्रदेश र बागमतीका धेरै ठाउँमा भारी वर्षा

    700   पटक पढिएको


१२ असार/अर्थ र व्यापार – निरन्तरको वर्षासँगै खोलामा आएको ठुलो बाढी बस्तीमा पसेर करिब ५ सय भन्दाबढी घरहरु डुबानमा परेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसेर अधिकाँश घरहरुमा क्षति पुराउन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
खोलाको बाढी विराटनगर महानगरपालिका–६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा क्षति भएको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । उनका अनुसार भारी वर्षाका कारण यस वडाका अन्य क्षेत्र पनि डुवानमा परेको छ ।
वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार सो खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।
पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि निरन्तर परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ ।
महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् । वर्षाका कारण पानी जमेपछि सहिद रंगशाला विराटनगरमा जारी एसईई कपको खेल पनि रोकिएको छ ।
विराटनगर महानगरपालिकाका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रभावितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको न्यौपानेले दिए ।
विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । अहिले स्थानीय प्रशासनले नदिको तटिए क्षेत्रमा अझै पानीको बहाब बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । सोही अनुसार प्रहरी समेत परिचालन गरिएको उनले बताए ।
यसैगरी, मंगलबारदेखि परेको भारी वर्षाका कारण गण्डकी प्रदेश र बागमतीका केही ठाउँका नदि आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पश्चिमी वायु सक्रिय भएर नेपाल भित्रिएपछि अहिले पनि देसका सबै प्रदेशमा भारी वर्षा भईरहेको छ ।
अविरल वर्षाका कारण विराटनगर विमानस्थलबाट हुने सबै उडान ठप्प भएका छन्। अझै वर्षा नरोकिँदा तथा विमानस्थलसम्म पुग्ने सडकमा बिहानैदेखि २ फिटसम्म पानी जमेपछि सबै उडान रोकिएका हुन्।
विराटनगरस्थित नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल पश्चिमको बस्ताहा पैनी ओभर फ्लो भएर पानी विमानस्थलतर्फ आइरहेको छ ।
सो कार्यालयका अनुसार सो विमानस्थलको रन वे उच्च स्थानमा भएकाले यहाँ पानी पस्ने अवस्था भने नभएको तर अन्यत्र छिपछिपे पानी देखिएको छ । ‘भिजिबिलटी पनि ज्यादै थोरै छ। पानी रोकिएको छैन ।
यस्तो अवस्थामा उडान भर्न र अवतरण हुन सक्दैन।’ विराटनगर विमानस्थलबाट दैनिक १८ वटा उडान हुने गरेका छन्। मंगलबारसम्म भने सबै उडान भएका थिए । बुधबार बिहानैदेखि सो विमानस्थलको हवाई उडान रोकिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।