logo

विराटनगरको बस्तीमा पस्यो खोलाको बाढी, विमानस्थलको उडान ठप्प ,पाँचसय बढी घर डुबानमा

गण्डकी प्रदेश र बागमतीका धेरै ठाउँमा भारी वर्षा

    570   पटक पढिएको


१२ असार/अर्थ र व्यापार – निरन्तरको वर्षासँगै खोलामा आएको ठुलो बाढी बस्तीमा पसेर करिब ५ सय भन्दाबढी घरहरु डुबानमा परेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसेर अधिकाँश घरहरुमा क्षति पुराउन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
खोलाको बाढी विराटनगर महानगरपालिका–६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा क्षति भएको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । उनका अनुसार भारी वर्षाका कारण यस वडाका अन्य क्षेत्र पनि डुवानमा परेको छ ।
वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार सो खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।
पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि निरन्तर परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ ।
महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् । वर्षाका कारण पानी जमेपछि सहिद रंगशाला विराटनगरमा जारी एसईई कपको खेल पनि रोकिएको छ ।
विराटनगर महानगरपालिकाका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रभावितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको न्यौपानेले दिए ।
विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । अहिले स्थानीय प्रशासनले नदिको तटिए क्षेत्रमा अझै पानीको बहाब बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । सोही अनुसार प्रहरी समेत परिचालन गरिएको उनले बताए ।
यसैगरी, मंगलबारदेखि परेको भारी वर्षाका कारण गण्डकी प्रदेश र बागमतीका केही ठाउँका नदि आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पश्चिमी वायु सक्रिय भएर नेपाल भित्रिएपछि अहिले पनि देसका सबै प्रदेशमा भारी वर्षा भईरहेको छ ।
अविरल वर्षाका कारण विराटनगर विमानस्थलबाट हुने सबै उडान ठप्प भएका छन्। अझै वर्षा नरोकिँदा तथा विमानस्थलसम्म पुग्ने सडकमा बिहानैदेखि २ फिटसम्म पानी जमेपछि सबै उडान रोकिएका हुन्।
विराटनगरस्थित नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल पश्चिमको बस्ताहा पैनी ओभर फ्लो भएर पानी विमानस्थलतर्फ आइरहेको छ ।
सो कार्यालयका अनुसार सो विमानस्थलको रन वे उच्च स्थानमा भएकाले यहाँ पानी पस्ने अवस्था भने नभएको तर अन्यत्र छिपछिपे पानी देखिएको छ । ‘भिजिबिलटी पनि ज्यादै थोरै छ। पानी रोकिएको छैन ।
यस्तो अवस्थामा उडान भर्न र अवतरण हुन सक्दैन।’ विराटनगर विमानस्थलबाट दैनिक १८ वटा उडान हुने गरेका छन्। मंगलबारसम्म भने सबै उडान भएका थिए । बुधबार बिहानैदेखि सो विमानस्थलको हवाई उडान रोकिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।