logo

एसिड पीडित सांसदको पीडा सुनेपछि भक्कानिए कानुन मन्त्री गिरी 

    790   पटक पढिएको


१८ जेठ/अर्थ र व्यापार – प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंसाकारको पीडा सुनेपछि कानुनमन्त्री पदम गिरी भावुक बनेका छन् ।
११ वर्षअघि भएको घटनामा अहिलेसम्म क्षतिपूर्ति नपाउँदा घर लिलाम हुन लागेको उनले सुनाएकी थिइन् ।‘आजको दिनमा मेरो दुई वटा घर – एउटा लिलाम भइसकेको छ, एउटा लिलाम हुने प्रक्रियामा छ, बारम्बार नोटिस आइरहेको छ’
उनले समितिमा भनिन्, ‘मेरो बैंक एकाउन्ट फ्रिज गरिएको छ । चाहेको बेला मैले आफूले पाउने भत्ता निकाल्न पाउँदिनँ ।’ कंसाकारले आफ्नो बैंक खाता पनि प्रयोग गर्न नपाएको बताउँदै भनिन्, ‘आजको दिनसम्म पनि मैले घरबाट पैसा मगाएर आफू बसिरहेको फ्याल्टको पैसा तिर्नुपर्ने र हिंड्नुपर्ने अवस्था छ, न्याय यही हो ?’
त्यसक्रममा कानूनमन्त्री गिरीले भावुक बन्दै आँशु खसालेका थिए । ‘माननीयज्यूले आफ्नो कुरा सुनाइरहँदा पनि मन्त्रीज्यूले माथितिर हेरिरनु भएको नोटिस गरेको थिएँ’, कानूनमन्त्रीका प्रेस संयोजक श्रीधर पौडेलले भने, ‘उहाँले (कंशाकार) फोटो देखाएपछि मन्त्रीज्यू भावुक हुनुभयो ।’
कानूनमन्त्री गिरीले त्यसपछि ‘तपाईंहरु यसभन्दा अगाडि पनि माननीयज्यूसँग बसेर छलफल गुर्नभयो, तपाईंहरुलाई सामान्य लाग्यो । तर, मलाई लागेन’ भनेका थिए ।
उनले यो संवेदनशील विषय भएको बताउँदै गम्भीरताका साथ लिएको बताए ।
‘यत्तिका समयसम्म पीडितले भनेक दुःख गरेर उपचार गर्नुपर्यो, अनेक ऋण धन गरेर उपचार गर्नुपर्यो । त्यही कारण घर नै लिलाम भयो’, उनले भने, ‘यो धेरैको चोट हो, समाजको घाउ हो । मैले क्षतिपूर्ति दिलाउन पहल गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।