logo

बेनीघाट रोराङ्ग गाउँपालिका सहित पाँच स्थानीय तहको बेरूजु शून्य

    914   पटक पढिएको

१६ जेठ /अर्थ र व्यापार- पछिल्ला वर्षहरुमा नियम र परिधिभित्र बसेर खर्च गर्न नसक्दा हरेक वर्ष बेरुजु बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बेरुजु बढेर ६ खर्ब ६९ अर्ब माथि पुगेको छ ।

तर कतिपय स्थानीय तह यस्ता छन्, जसको एक रूपैयाँ पनि बेरूजु निस्किएको छैन । शून्य बेरूजु रहेका स्थानीय तहहरूमा सबै गाउँपालिका रहेका छन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिको काम पूर्ण पारदर्शी तथा कानुन संवत देखाइएको छ ।

पाथिभरा याङवर गाउँपालिकाको ९८ करोड ७१ लाख, याङवरक गाउँपालिको एक अर्ब १५ करोड ६१ लाख र महाभारत गाउँपालिकाको एक अर्ब २५ करोड रकममा लेखापरीक्षण गरिएको थियो । त्यस्तै, बेनीघाटा रोराङ्ग गाउँपालिकाको एक अर्ब ३५ करोड २५ लाख र कोन्ज्यसोम गाउँपालिकाको ८५ करोड ७३ लाख रूपैयाँमा लेखा परीक्षण गरिएको छ ।

पाँच गाउँपालिकाको लेखा परीक्षणमा शून्य बेरुजु देखिएकोमा १३९ वटा स्थानीय तहको भने १ प्रतिशत भन्दा कम बेरूजु छ । सबैभन्दा बढी बेरुजु आउनेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका छ । यो पालिकामा एक अर्ब ६४ करोड रूपैयाँको लेखा परीक्षण गरिएको थियो, जसमध्ये २५ करोड ७७ लाख रूपैयाँ बेरुजु निस्किएको छ । यो लेखा परीक्षण गरिएको रकममा २५ प्रतिशत भन्दा बढी हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।