१५ जेठ / अर्थ र व्यापार- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गरेका छन् । आज जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन् ।
उनले सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताएका छन् । उनले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका छन् । एकै पटक आठ कानुनको संशोधनले लगानीमैत्री वातावरण बनाउन र नीतिगत सुधार गर्न सहयोग पुग्ने उनले बताए ।
तपाईको प्रतिक्रिया