logo

वाल्डो क्यासिनोको विवरण र सीसीटीभी फुटेज सीआईबीले आयोगलाई नदिएको खुलासा

    777   पटक पढिएको


६ चैत/अर्थ र व्यापार – सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठमेलको वाल्डो क्यासिनोमाथि अनुसन्धान गरेको थियो ।
अनुसन्धान गरेपनि वाल्डोका सञ्चालकविरुद्ध मुद्दा दायर नभएपछि सुन तस्करी जाँचबुझ आयोगले सीआईबीको अनुसन्धानमाथि प्रश्न उठाएको छ । ब्युरोले वाल्डो क्यासिनोको अनुसन्धान विवरण सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगलाई नदिएको खुलासा भएको छ । जाँचबुझ आयोगले वाल्डो क्यासिनोबाट बरामद सीसीटीभी फुटेज र कम्प्युटरेको विवरण जाँचबुझका लागि माग्दा नपाएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीले वाल्डोबारे अनुसन्धान गरेर सीआइबीको कार्यालयमा प्रतिवेदन बुझाएका थिए । तर, सो रिपोर्ट सीआईबीले आयोगलाई नदिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीमा ‘वाल्डो कनेक्सन’बारे थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ वाल्डोमा खेल्न गइरहन्थे । पुचेङलाई भदौ १ मा सिआईबीले पक्राउ गरेको थियो । सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले बताए ।
छाया सेन्टरमा सञ्चालित वाल्डो मार्फत ‘हुन्डी कारोबार’को शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । ‘क्यासिनोमा खेल्नका लागी चिप्स किन्नुपर्ने हुन्छ, तर, एलेक्सले लाखौँ रुपैयाँ चिप्स नकिनेर नै क्यासिनोमा डिपोजिट गर्ने गरेको देखिन्छ’, सीआईबीका एक अधिकृतले भने, ‘वाल्डो मार्फत अनधिकृत रूपमा रकम ट्रान्सफर भएको देखिन्छ ।’
ब्युरोले वाल्डोको एकाउन्ट हेर्ने अधिकारीसँग बयान लिएको थियो । तर, उनलाई ब्युरोले प्रतिवादी बनाएन । क्यासिनो सञ्चालकलाई प्रतिवादी बनाउन आयोगले सिफारिस गरेको छ । चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ । अहिले सुन तस्करी प्रकरणमा अनुसन्धानमा लापरबाही गरेको भन्दै आयोगले सीआईबीकी तत्कालीन प्रमुख किरण बज्राचार्य, डीएसपी रुगम कुँवरसहित ४ जनालाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।