logo

वाल्डो क्यासिनोको विवरण र सीसीटीभी फुटेज सीआईबीले आयोगलाई नदिएको खुलासा

    1009   पटक पढिएको


६ चैत/अर्थ र व्यापार – सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठमेलको वाल्डो क्यासिनोमाथि अनुसन्धान गरेको थियो ।
अनुसन्धान गरेपनि वाल्डोका सञ्चालकविरुद्ध मुद्दा दायर नभएपछि सुन तस्करी जाँचबुझ आयोगले सीआईबीको अनुसन्धानमाथि प्रश्न उठाएको छ । ब्युरोले वाल्डो क्यासिनोको अनुसन्धान विवरण सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगलाई नदिएको खुलासा भएको छ । जाँचबुझ आयोगले वाल्डो क्यासिनोबाट बरामद सीसीटीभी फुटेज र कम्प्युटरेको विवरण जाँचबुझका लागि माग्दा नपाएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीले वाल्डोबारे अनुसन्धान गरेर सीआइबीको कार्यालयमा प्रतिवेदन बुझाएका थिए । तर, सो रिपोर्ट सीआईबीले आयोगलाई नदिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीमा ‘वाल्डो कनेक्सन’बारे थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ वाल्डोमा खेल्न गइरहन्थे । पुचेङलाई भदौ १ मा सिआईबीले पक्राउ गरेको थियो । सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले बताए ।
छाया सेन्टरमा सञ्चालित वाल्डो मार्फत ‘हुन्डी कारोबार’को शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । ‘क्यासिनोमा खेल्नका लागी चिप्स किन्नुपर्ने हुन्छ, तर, एलेक्सले लाखौँ रुपैयाँ चिप्स नकिनेर नै क्यासिनोमा डिपोजिट गर्ने गरेको देखिन्छ’, सीआईबीका एक अधिकृतले भने, ‘वाल्डो मार्फत अनधिकृत रूपमा रकम ट्रान्सफर भएको देखिन्छ ।’
ब्युरोले वाल्डोको एकाउन्ट हेर्ने अधिकारीसँग बयान लिएको थियो । तर, उनलाई ब्युरोले प्रतिवादी बनाएन । क्यासिनो सञ्चालकलाई प्रतिवादी बनाउन आयोगले सिफारिस गरेको छ । चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ । अहिले सुन तस्करी प्रकरणमा अनुसन्धानमा लापरबाही गरेको भन्दै आयोगले सीआईबीकी तत्कालीन प्रमुख किरण बज्राचार्य, डीएसपी रुगम कुँवरसहित ४ जनालाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।