logo

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, सरकारको प्रवक्तामा रेखा शर्मा नै दोहोरिन्

    680   पटक पढिएको


२४ फागुन/अर्थ र व्यापार – सत्ता समीकरण परिवर्तनसँगै नयाँ मन्त्रीहरूको शपथ बुधबार साँझ नै भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित यस नयाँ मन्त्रिमण्डलमा पनि सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) बाट भने अधिकांश पुरानै मन्त्रीले शपथ लिएका छन्। प्रधानमन्त्री दाहाल नेतृत्वको मन्त्रीमण्डलमा तीन जना उपप्रधानमन्त्रीले शपथ लिएका छन्।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने गरी नेकपा (एमाले) का रघुवीर महासेठले शपथ लिए । महासेठलाई प्रधानमन्त्री दाहालपछिको वरीयताक्रम दिइएको छ।
यसैगरी, उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठले शपथ लिएका छन्। श्रेष्ठ गृहबाट परराष्ट्रमा पुगेका हुन्। उपप्रधानसहित गृहमा रवि लामिछानेले शपथ लिएका छन्। गृहमा लामिछानेको यो दोस्रोपटको प्रवेश हो।
यस्तै, शपथ लिने अन्य मन्त्रीमा राजेन्द्रकुमार राई –खानेपानी, पदम गिरी –कानुन न्याय तथा संसदीय मामिला, बलराम अधिकारी –भूमि व्यवस्था, दामोदर भण्डारी –उद्योग वाणिज्य तथा आपूर्ति, भगवती चौधरी –महिला बालबालिका , रक्षामा हरिप्रसाद उप्रेती र कृषिमा ज्वालाकुमारी साहले शपथ लिएका छन्।
त्यसैगरी, अर्थमा वर्षमान पुन, ऊर्जामा शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचनाप्रविधीमा रेखा शर्मा , संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा हितबहादुर तामाङले शपथ लिएका छन् । पुन र तामाङ बाहेक माओवादीले अन्य सबै मन्त्री दोहो¥याएको हो।
यस्तै, शिक्षामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्रिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा, विराजभक्त श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिमा डीपी अर्यालले शपथ लिएका छन्। सुमना र विराज पहिलो पटक मन्त्री बनेका हुन्।
यस्तै, एकिकृत समाजवादी पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासनमा भानुभक्त जोशी र सहरी विकासमा धनबहादुर बुढाले मन्त्रीको शपथ लिएका छन्। अझै यो मन्त्रिमण्डलमा जसपाबाट उपेन्द्र यादव लगायत थप केही मन्त्रि बन्दै छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।