७ माघ/अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् ।
उनी कतारको दोहादेखि हिमालय एयरलाइन्सबाट काठमाडौं आएका थिए । उनले सुनलाई तरल पदार्थको रूपमा लुकाएर ल्याएको त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले जनाएको छ ।
भन्सार चेकजाँचका क्रममा दार्जी आइतबार पक्राउ परेका हुन् । पक्राउ परेका दर्जीमाथि थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता श्रीधर टण्डनले जानकारी दिए । अनुसन्धानको क्रममा दर्जीले पाइन्टको भित्रि भागमा सुनलाई गालेर ल्याएको खुलेको छ ।
तपाईको प्रतिक्रिया