२२ पुस/अर्थ र व्यापार– फेरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट काठमाडौ आएका एकजना यात्रुको साथमा सो परिणामको सुन बरामद भएको हो ।
दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । उनले यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जानकारी दिए । यसअघि यो विमानस्थलबाट धेरैपटक विभिन्न परिणामको अवैध सुन भित्रिएको थियो ।
तपाईको प्रतिक्रिया