logo

राष्ट्र बैंकका गभर्नर अधिकारीको मुद्दा सुष्मालता माथेमाको एकल इजलासमा

    674   पटक पढिएको


१३ पुस/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नरका रुपमा महाप्रसाद अधिकारीको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी न्यायाधिस सुष्मालता माथेमाको इजलासमा तोकिएको छ ।
प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइ हालिएको मुद्दामा अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाइएको छ । अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सिना र चुडामणि भण्डारीले हालेको मुद्दाको एकल इजलासको तेस्रो नम्बरमा छ।
शुक्रबार नै माथेमाको कुमार चुडालसँग अर्को संयुक्त इजलास पनि छ । अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन्। नेपाल राष्ट्र बैंक ऐनमा चार्टर्ड एकाउन्टेन्टलाई गभर्नरको योग्यताभित्र राखिएको छैन।
त्यसैलाई टेकेर कार्यकाल १५ महिना मात्र बाँकी रहेका बेला मुद्दा हालिएको छ। गभर्नरको कार्यकाल ५ वर्षको हुन्छ । यसअघि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अधिकारीलाई हटाउन छानबिन समिति बनाइएको थियो। समिति बनाइएपछि स्वतः निलम्बनमा परेका उनलाई सर्वोच्च अदालतले काममा फर्काएको थियो । अहिले पनि त्यो मुद्दा विचाराधिन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।