logo

स्वास्थ्य बीमा काठमाडौं महानगरपालिकामा पनि सुरुभयो

    805   पटक पढिएको


११ पुस/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।
स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ ।
‘बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवद्र्धन केन्द्रलाई शोध भर्ना गर्नेछ’ महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भने ।
महानगरपालिकाभित्रका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरु बीमा बोर्डमा सूचीकृत हुनेछन् र बीमा अन्र्तगको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ‘यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइने छ’ पौडेलले भने ।
महानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण किनिरहेको छ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् ।
बीमितले बीमा गरेको मितिले ३ महिनापछि सेवाग्राहीले प्रथम सम्पर्क विन्दुको रुपमा कुनै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट सुविधा प्राप्त गर्नेछन् । ‘महानगरपालिकामा अहिले तयार भएको वडा नं ९, ८ र ३० को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सुरुको सेवा विन्दुको रुपमा लिएका छौं, दर्ता सहयोगीको तालिम सकिँदा सेवा दिन तयार अन्य स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुलाई पनि प्रथम सेवा विन्दु बनाउन सकिन्छ’ महानगरको स्वास्थ्य विभाग प्रमुख पौडेलले भने ।
उनका अनुसार महानगरभित्र २४ वटा वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रको भौतिक संरचना निर्माण भइसकेको छ । स्वास्थ्य बीमा सञ्चालनको लागि मेयरको अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति हुनेछ । समितिको सदस्यमा मेयरले मनोनित गर्ने, धेरै जनसंख्या भएका वडामध्येबाट १ जना वडाध्यक्ष, सेवा प्रदायक संस्थाको प्रतिनिधि १ जना, स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेको व्यक्ति १ जना, महिला स्वयंसेविका १ जना, स्वास्थ्य हेर्ने शाखा प्रमुख १ जना, सम्बन्धित पालिका हेर्ने स्वास्थ्य बीमा बोर्डको दर्ता अधिकारी १ जना सदस्य रहनेछन् ।
समितिले स्वास्थ्य संस्थाहरुमा उपकरणको बन्दोबस्त, प्रयोगशाला सेवाको निरन्तरता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा सेवाको गुणस्तर वृद्धि गर्ने, कार्यक्रम विस्तार गर्न प्रवद्र्धनात्मक कार्यमा सहयोग गर्नेछ ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा सञ्चालन गरेपछि देशभरका ७५१ स्थानीय तहमा स्वास्थ्य बीमा सञ्चालन भएका छन् । अब काठमाडौंको बुढानिलकण्ठ र नागार्जुन नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।