logo

एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना

    911   पटक पढिएको


२१ मंसिर/अर्थ र व्यापार – बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पु¥याए । त्यसको कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु ।
काठमाडौ प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठले बुधबार दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि उनलाई समातेर महानगर कार्यालयमा पु¥याइएको थियो ।
‘उहाँहरुलाई १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले नै महानगरमा ल्याएर उजुरी गरे । त्यसपछि महानगरले ठगी गरेकोमा जरिवाना गरेको छ,’ एक महानगर प्रहरी अधिकारीले भने ।
नगर प्रहरीका अनुसार पानीमा उल्लेख गरेको रकम भन्दा बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘हामीलाई गुनासो वा उजुरी आयो भने तत्काल एक्सन लिन्छौं । उपभोक्तालाई पनि तोकिएको भन्दा धेरै रकम नतिर्न अनुरोध गरेका छौं,’ महानगर प्रहरीले भन्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।