logo

लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    643   पटक पढिएको

२५ कात्तिक / अर्थ र व्यापार- नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार काठमाडौंको बागबजारस्थित टुकुचा पार्कमा संचालन भएको रक्तदान कार्यक्रम स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

नेपालको पश्चिम क्षेत्र विशेषत रुकुम, जाजरकोट लगायत जिल्लामा गएको भूकम्पमा परि घाइते भएकाहरुको उपचारमा रगत अभाव नहोस् भन्ने उद्देश्यले उक्त रक्तदानको आयोजना गरिएको संघका अध्यक्ष दिपक गुरुङले बताए ।

कार्यक्रममा मन्त्री बस्नेतले संविधानमा लेखेर मात्र गाँस, बास, कपास र स्वास्थ्य, शिक्षाको अनुभुति नहुने भएकाले जनतालाई प्रत्याभूति दिलाउन सरकार तत्पर रहेको बताए । हरेक अस्पतालले १० प्रतिशत बेड निशुल्क गर्नुपर्ने समेत मन्त्री बस्नेतले वताए । त्यस्तै रक्तदाताले दान गरेको रगतमा ब्याग लगायत लागत खर्च लाग्ने गरेकोमा त्यो खर्च पनि सरकारले निशुल्क गराउन लागेको उनले जानकारी दिए ।

कतै समस्या परेको समय सबै नेपालीले सहयोग गर्ने नेपालीहरुको परम्परालाई निरन्तरता दिदै नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । लोकतान्त्रिक शैक्षिक परामर्श संघका अध्यक्ष दिपक गुरुङको सभापतित्वमा भएको कार्यक्रममा ७० जना रक्तदाताले रक्तदान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।