logo

सुन तस्करीको यस्तो तरिका: चिनियाँ नाकाबाट नेपालीको खेतमा फालेर धमाधम आलुको बोरामा काठमाडौं ल्याइँदै

    1077   पटक पढिएको


२४ असोज/अर्थ र व्यापार – सुन तस्करीको धन्दामा संलग्न तस्करको एक समूहले चीनको तिब्बतबाट दोलखा हुँदै काठमाडौंमा ३९ केजी सुन अवैधरुपमा भित्राएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पाका व्यक्तिलाई प्रयोग गरी १० महिनामा ३९ केजी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको हो।
गत १० असोजमा दोलखा प्रहरीले बिगु गाउँपालिका–३ जामुनेस्थित एक घरको कोठामा लुकाई राखेको अवस्थामा ४ केजी सुन फेला पारेको थियो । त्यो सुन सीता तामाङको घरमा बस्ने केशर तामाङको डेराबाट बरामद गरिएको थियो।
त्यसपछि प्रहरीले अनुसन्धानका क्रममा अवैधरुपमा भित्राइएको ११ केजी सुन विभिन्न स्थानबाट बरामद गरेको जनाएको छ।
बिगु गाउँपालिका बस्ने पेम्बा तामाङ, माधव मगर, काठमाडौं रामहिटी बस्ने नुर्बुछिरिङ शेर्पा, सुनमाला तामाङ, बिगु गाउँपालिक– १ बस्ने चस्मान तामाङ र १७ वर्षिय किशोरलाई प्रहरीले पक्राउ ग¥यो। त्यसको दुई दिनपछि लामाबगरस्थित आङफुर्वा शेर्पाको बारीमा ढुंगा मुनी लुकाएर राखिएको अवस्थामा थप ४ केजी सुन भेटियो । नुर्बु अवैध सुन व्यवस्थापन गर्ने व्यक्ति भएको अनुसन्धानबाट देखिएको छ ।
चिनियाँ नाकाबाट ठूलो परिमाणमा सुन तस्करी गरेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि अनुसन्धानमा सामेल भएको छ । सीआइबीका दुई प्रहरी निरीक्षक र एक सईले एसपीको कमान्डमा अनुसन्धान गरिरहेका छन्।
अहिलेसम्मको अनुसन्धानबाट सोही तस्कर समूहले मंसिरयता ३९ केजी सुन तस्करी गरेको देखिएको प्रहरीले जनाएको छ । ‘उनीहरूको बयान र अन्य पक्ष हेर्दा अहिलेसम्म ३९ केजी सुन तस्करी भएको खुल्छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यसपछि प्रहरी सीआईबीको टोलीले काठमाडौंबाट थप केही व्यक्ति पक्राउ ग¥यो। प्रहरीले जानकारी गराए अनुसार गत सोमबार साँझ काठमाडौंको महाजगञ्जबाट तिलक विक समातिए । उनी सुन व्यापारी हुन् । उनले नमस्ते नामको ज्वेर्लस पसल सञ्चालन गर्दै आएका छन्।
तिब्बतबाट अवैधरुपमा दोलखा हुँदै काठमाडौं ल्याउने गरिएको सुन विकले किन्ने गरेको खुलेको छ। ‘उनले अवैध सुन किन्ने गरेको देखिएपछि नियन्त्रणमा लिएका हौं’ सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन्।
सुन तस्करीको यस्तो धन्दामा सहभागी सुरज प्रधानले लालबहादुर तामाङमार्फत विकको पसलमा सुन बिक्री गर्ने गरेका थिए। विकलाई अनुसन्धानका लागि दोलखा पठाइएको छ । लालबहादुर र ६५ वर्षीय सुरज तथा चिनियाँ नागरिक ग्याङ रोउलाई सीआईबीले यसअघि नै पक्राउ गरिसकेको छ । यी तीन जनाले तस्करीको सुन भारतसम्म पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ ।
दोलखामा बरामद भएको सुन चीन र नेपालको फलेक नाकाबाट भित्राएको देखिएको छ । जसका लागि चिनियाँ नागरिकले दोलखाका स्थानीयलाई प्रयोग गर्ने गरेका थिए । चिनियाँ नागरिकले डोरीले बाँधेर नाकाबाट खेतमा फाल्ने र दोलखाका स्थानीयले आलुको बोरामा काठमाडौं भित्राउने गरेको देखिएको छ । ‘यसमा पाका व्यक्तिलाई प्रयोग गरेको देखिन्छ । पाका मानिसलाई सहजै कसैले पनि शंका नगर्ने भएकाले रकमको लोभ देखाएर प्रयोग गरेको पाइयो’ सीआईबी भन्यो।
काठमाडौंसम्म सुन ल्याउने र बिक्री गर्नेमा एन्टिक सामानको व्यापार गर्नेहरु पनि छन्। बौद्ध र स्वयम्भुमा पसल सञ्चालन गर्ने केही व्यक्ति समातिएका छन्। उनीहरूले एन्टिक व्यापारको नाममा भित्रभित्रै सुनको कारोबार गर्ने गरेको खुलेको छ ।
‘अहिलेसम्म अनुसन्धान गर्दा धेरै कुरा आएका छन्। त्यसलाई थप प्रमाणित गर्ने काम भइरहेको छ’ जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दीपक खड्काले भने।
गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा ६१ केजी सुन बरामद भएको थियो । यो प्रकरणमा चिनियाँ र बेल्जियम नागरिकसहित २९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएकामा २५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।