logo

एनआरएनएको निर्वाचनमा ज्ञानेन्द्र रेग्मीले सचिव पदमा उम्मेदवारी दिने

    1413   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार – गैरआवसीय नेपाली संघ (एनआरएनए) को आगामी एघारौं महाधिवेशनमा डा.ज्ञानेन्द्र रेग्मीले सचिव पदमा उम्मेदवारी दिने भएका छन ।
आगामी निर्वाचनमा सचिव पदमा विजयी हुनकालागि रेग्मीले संघको हितका लागि गर्ने योजना तथा विभिन्न ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
‘एक पटकको नेपाली सधैंको नेपाली’ विदेशमा बस्ने हामीहरूले खोजेको नेपाली नागरिकताको निरन्तरता हो । जसका लागि सरकारसँग निरन्तर लविङ गर्नेछु । अहिले नेपाल सरकारले प्रदान गर्दै आएको एनआरएन नागरिकतालाई उपलब्धीको रुपमा लिदै गैरआवासीय नागरिकता छिटो सहज तरिकाले वितरण गर्न सरकारका सम्बन्धित सरोकारवाला निकायसँग परामर्श गर्ने लगायतको प्रतिवद्धता रेग्मीले व्यक्त गरेका छन ।
‘तीन पुस्तामा सीमित यो नागरिकताले गैरआवासीय नेपालीको भावनालाई नेपालसँग जोडाउने भन्दा टुटाउने काम गर्छ । नेपालमा लगानी भित्राउने भन्दा नेपालबाट लगानी बाहिर्याउने भूमिका खेल्न सक्छ। त्यसैले यो तीन पुस्ते व्यारियर हटाउन नेतृत्वमार्फत तत्कालै पहल गर्नेछु ’ रेग्मीले भने ।
यसको विकल्पमा तत्काललाई सात पुस्तासम्म पु¥याउन आधारसहित कार्यपत्र पेश गरेर नेपाल सरकारसँग लबिङ गर्ने, गैरआवासीय नेपाली नागरिकता प्राप्त भएपछि अब गैरआवसिय नेपाली संघको उद्देश्यहरु रिभ्युगरी प्राथमिकतामा राखेर संघको आगामी १० वर्षको ठोस कार्यदिशा र योजना बनाउन पहल गर्ने योजना उनले आफ्नो चुनावी एजेन्डा मार्फत अघि सारेका छन ।
यसैगरी, गैरआवासीय नेपालीहरुलाई नेपालमा सामूहिक लगानी गर्न मनोवल बढाउन सरकारका सम्बन्धित निकायसँग सहकार्य गर्दै विभिन्न मोडलका योजना निर्माण गर्ने, समृद्ध नेपाल बोलिमा होइन योजना नै बनाएर नेपाल सरकारलाई कार्यपत्र पेश गर्न काम गर्ने, ज्ञान, सीपको आदान प्रदान गर्न ठोस कार्यक्रम बनाएर व्यवासायी, बौद्दिक वर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने उनको एजेन्डा छ ।
त्यसैगरी, वर्तमान समयमा आइसीसीका अधिकांश कामहरूलाई एनसीसीहरूले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा आइसीसीले एनसीसीलाई पनि अझ बढी सहयोग गर्ने वातावरणको सिर्जना गर्ने, दोहोरो सहकार्यका लागि भूमिका खेल्ने, आइसीसी र एनसीसीको प्रत्यक्ष कम्युनिकेसनको वातावरण बनाउने, विगत केही वर्षदेखि देखिएको एनसीसी र आइसीसीबीचको प्रतिधिनिधि विवाद हटाउन सबै एनसीसीको कार्यसमितिको अभिलेखालय राखेर संगठन पारदर्शी बनाउँदै प्रतिनिधि विवाद सधैको लागि अन्त्य गर्ने योजना उनले अघि सारेका छन ।
आइसीको योजना अनि कार्यक्रमहरूलाई हरेका एनसीसीसम्म पु¥याउन समन्वयकारी भूमिकामा खेल्ने,आइसीसी सचिवको रुपमा महासचिव र अध्यक्षलाईसाथ दिँदै समितीमा सक्रिय भूमिका खेल्ने रेग्मीको चुनावी एजेन्डा छ । यस्ता विविध एजेन्डालाई अघि सारेर आफुले आगामी निर्वाचन जित्ने दावी उनको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।