logo

सरकारले सुरु गरेको द्रुत बस सेवाले पहिलो दिनमैै अस्तव्यस्त ट्राफिक व्यवस्थापन, रंग पोतिएको डेडिकेटेड लेन नदिँदा अन्यलाई सास्ती

    839   पटक पढिएको


४ असोज/अर्थ र व्यापार – सरकारले सुरु गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवाले पहिलो दिनमैै सो रुटमा चल्ने अन्य सवारी साधन घण्टौंसम्म जाममा बस्न बाध्य भए भने ट्राफिक व्यवस्थापन पनि निकै अस्तव्यस्त भएको थियो ।
सवारी साधनको चप अनुसार उसैत साघुरो सडकमा रातो रंग पोतिएको डेडिकेटेड लेन अन्यलाई नदिँदाको असरले द्रुत बस सेवा सञ्चालनको पहिलो दिनमै ट्राफिक व्यवस्थापनमा यस्तो भद्रगोल अवस्था आएको हो ।
बिहीबार बिहान ट्राफिक प्रहरीले द्रुत सेवा दिने २५ वटा बसका लागि छुट्याइएको लेनमा अरु सवारी साधन गुड्न नदिइएपछि काठमाडौ उपत्यकाको यस रुपमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन पुगेको हो।
भक्तपुरको सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत सेवा दिने बसका लागि छुट्याइएको लेनमा अरु सवारीसाधन चल्न नदिएकाले अन्य सवारी साधनलाई आफ्नो गन्तव्यमा पुग्न निकै सास्ती भोग्नुपरेको थियो ।
दु्रत बस सेवा सञ्चालनकालागि भन्दै सडकमा पर्याप्त मात्रामा ट्राफिक परिचालन गरिएका छन्। सडकमा खटिएका ट्राफिक प्रहरीले रातो रंग पोतिएका लेनमा द्रुत सेवा दिने २५ वटा बस बाहेक अन्य सवारीसाधन चलाउन नदिएपछि अहिले सो रुटमा ट्राफिक व्यवस्थापन कार्य एकदमै अस्तव्यस्त भएको छ ।

बिहीबार विशेषगरी ठिमीदेखि कोटेश्वरसम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत ट्राफिक जामका साक्षी बनेका थिए । उनको गाडी पनि लामो समयसम्म लोकन्थली चोकमा ट्राफिक जाममा परेको थियो। बानेश्वर, कोटेश्वर, भक्तपुर रुटमा बिहान अफिस समयमा भएको जाम अहिले साढे १२ बजिसक्दा पनि समान्य अवस्थामा नआएको ट्राफिक प्रहरीले जनाएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सक्रिएतामा सो दु्रत बस पहिलोपटक सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।