१७ भदौ / अर्थ र व्यापार- श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई गरेको छ । शनिवार आयोजित सरसफाई अभियानमा दक्षिणढोकादेखि मुलगेटसम्म सरसफाई गरिएको थियो ।
यो अभियान बडादशैंको अवसरमा हुने दुर्गा पुजा सम्मै जारी राखिने परिषद्का अध्यक्ष राम शोभित नायकले वताए । शनिवार आयोजित सरसफाई कार्यक्रममा एक सय जनाको उपस्थिति रहेको उनले वताए ।
तपाईको प्रतिक्रिया