logo

हङकङबाट भित्राईएको तस्करीको सुन धमाधम गालिँदै

    709   पटक पढिएको


३० साउन/अर्थ र व्यापार– चिनियाँ तस्करले हङकङबाट तस्करगरी भित्रााएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबारबाट धमाधम गालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको सो सुन सोमबार तौलँदा ६० केजी ७ सय ८९ ग्राम रहेको पाइएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंक टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सोमबार बरामद गरिएको ब्रेक सुबाट सुन निकालेर जोखिएको थियो ।
मंगलबारबाट सो सुनलाई गालेर विभिन्न तौलका टुक्रा बनाइँदै छ । सुनमा कालो रङ लगाइएकाले त्यसलाई पनि हटाइँदै छ । यसकारण सुनको वास्तविक परिमाण गालेपछि मात्र थाहा हुने टक्सार कार्यालयले जनाएको छ ।
सुन गाल्दा विभिन्न परिमाणका साँचोमा राखिने भएकाले सुनका टुक्रा कति तौलका हुन्छन् भन्नेबारे पनि मंगलबार (सुन गालेपछि) मात्र जानकारी हुने टक्सार महाशाखाले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले एक क्वीन्टल भनेर प्रचार गरिएको यस सुन तस्करी प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ । सोही क्रममा सीआईबीले सुनको परिमाण जोख्ने र त्यसलाई गाल्ने जिम्मा नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई दिएको थियो ।

टक्सार विभागले आइतबार साँझ सीआईबीको पत्र प्राप्त गरेको थियो । सोही पत्रका आधारमा सोमबार ब्रेक सुबाट सुन निकालिएको र मंगलबार गालिएको हो । हङकङबाट गत २९ असारमा काठमाडौ ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो ।

१ सय ६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ केजी रहेको पाइएको छ । सुरुमा दुई जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी, ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो ।
जसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । सोही प्रकरणमा पक्राउ परेका दुई चिनियाँ र भारतीय राहदानीवाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।