logo

रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान

    1125   पटक पढिएको

८ साउन / अर्थ र व्यापार- श्री दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने २०७९ सालको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मीलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई विराटनगरमा प्रदान गरियो ।

सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले प्रदान गरे । पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र पच्चीस हजार रहेको छ ।
दधिराज सुवेदी नेपाली भाषा साहित्यको क्षेत्रमा परिचित र प्रतिष्ठित नाम हो । सो कार्यक्रममा सांसदद्वय केदार कार्की, ऋषिकेश पोखरेल, उद्योगपति राजेन्द्र राउत, नेकपा समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, प्राज्ञ गंगा सुवेदी, विवश पोखरेल लगायतले दधिराज सुवेदीको साहित्यिक योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य प्रकट गरेका थिए भने पुरस्कृत स्रष्टाद्वयको परिचय कवि चूडामणि नेपाल र पत्रकार कुमार लुइँटेलले दिएका थिए । सम्मानित स्रष्टालाई समर्पण गरिएको सम्मानपत्र, रूपकराज सुवेदी , इन्दु सुवेदीले वाचन गरे भने अतिथिको स्वागत प्रतिष्ठानका उपाध्यक्ष शरदराज सुवेदीले गरे ।

कार्यक्रम प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । समालोचक साहित्यकार दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले पिताजीको नाममा राखेको रु. पन्ध्र लाख अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार समर्पण गरिन्छ । यो पुरस्कार हरेक वर्ष प्रदान गरिने सचिव दिङ्लली कान्छोले जानकारी गराएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।