logo

विमानस्थलको भन्सारबाट ट्याक्सीमा कसरी बाहिरियो एक क्वीन्टल तस्करीको सुन ?

    1044   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ट्याक्सीमा एक क्वीन्टल सुन बाहिरिएको अवस्थामा एक व्यक्तिलाई समातिएपछि अहिले विमानस्थलको सुरक्षा व्यस्थामै गम्भिर प्रस्न उठेको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारि गराए अनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको हो ।
विभागले सुन ल्याइएको बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालकलाई पनि नियन्त्रणमा लिएको छ । हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सको विमानमा कार्गोमार्फत सुन आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको विभागका महानिर्देशक ढुंगाना बताउँछन् ।
यो सुन कसको हो ? र कहाँ लैजान लागिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ । विभागका अनुसार यो सुनको बजार मुल्य एक अर्ब रुपैयाँ भन्दा बढीको हो । यसरी तस्करी गरि ल्याईएको एकसय केजी सुनको बारेमा थप अनुसन्धान गर्न भन्सार विभागले पनि विशेष अनुसन्धान थालेको जनाएको छ । यसमा कर्मचारीको संलग्नता देखिए तत्काल कारबाही गरिने विभागले जनाएको छ ।
यस सुन तस्करी प्रकरणमा ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।
विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो ।
यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक हरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।