२३ असार / अर्थ र व्यापार- नेपाल बाट अमेरिका गएर न्युयोर्क न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय संचालन गरेर बसेका नेपाली भाषी व्यवसायी हरुको हक, हितमा काम गर्ने उद्देश्यले प्रदिप श्रेष्ठको अध्यक्षतामा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना गरिएको छ ।
प्रदिप श्रेष्ठ को अध्यक्षता मा गठन गरिएको ११ सदस्यीय तदर्थ समितिका अन्य सदस्य हरुमा नेविन क्षेत्री, लेलिन कडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन । त्यसैगरि खगेन्द्र जिसी, डा.विनोद शाह, नविन शेरचन, नवराज के.सी, पासांग नुरु शेर्पा र जंग ब बम रहेको ६ सदस्यीय सल्लाहकार समिति पनि बनाईएको छ ।
स्टेट डिपार्टमेन्ट साथै न्युयोर्क राज्यले जारी गर्ने व्यवसायीक सूचना र सुबिधाहरु नेपाली व्यवसायीहरुले पनि प्राप्त गर्न सकून भन्ने उद्देश्यले समन्वयकारी भूमिका खेल्न को लागी यस चेम्बर अफ कमर्स स्थापना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया