logo

निर्माण व्यवसायी गौचन हत्यामा संलग्न समीरमानसिंहलाई जन्मकैद फैसला

    998   पटक पढिएको


२१ असार/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर गर्दै समीरमानसिंह बस्नेतलाई जिल्ला अदालत काठमाडौंले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको बुधबारको इजलासले गौचन हत्यामा संलग्न मुख्य योजनाकार बस्नेत र अर्का आरोपी काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
यसैगरी, जिल्ला अदालत काठमाडौंले संजाय निर्धारण गर्दै सोही हत्यामा संलग्न सुटर लोप्साङ लामा भनिने सोम तामाङलाई भने १५ वर्ष कैद संजाय तोकेको छ । त्यसैगरि, समीरमानकी पत्नी मायाँ शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने संजाय निर्धारण गरेको छ । भने अन्य ५ जनालाई ५ वर्षको कैद संजाय निर्धारण गरेको छ ।
फरार सूचिमा रहेका अरु ७ जनाको मुद्दा मुल्तबीमा राखेको छ । जिल्ला अदालतले सो घटनामा संलग्न १८ जनालाई दोषी ठहर गर्दै सात जनालाई सफाइ दिएको थियो । २०७४ सालको २३ असोजमा दिउँसै नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष गौचनमाथि काठमाडौंको शान्तिनगरस्थित प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
घटनामा बस्नेतसहित २४ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । सुरुमा प्रहरीले २३ जनालाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गरेकामा अनुसन्धान हुँदै जाँदा बस्नेतकी पत्नीको पनि संलग्नतापछि पूरक अभियोग दर्ता गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।