logo

बाढीका कारण ताप्लेजुङ यातायात सम्पर्कविच्छेद, सडक र पुलमा करोडौंको क्षति

    747   पटक पढिएको


३ असार/अर्थ र व्यापार– शनिबार राति आएको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार शनिबार रातिको वर्षा, बाढी र पहिरोका कारण धेरै त्यस क्षेत्रका धेरै सडक अवरुद्ध हुनुका साथै पुलहरु पनि भत्किएको छ । सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको मन्त्री ज्वालाले आइतबार प्रतिनिधिसभाको बैठकमा यस्तो अवस्थाबारे जानकारी दिएका हुन ।
उनका अनुसार ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ । त्यस्तै तमोर करिडोरमा पर्ने पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने मझमिटारस्थित ४५ मिटर लामो हेवाखोला बेलिब्रिज पनि बगेको छ ।
यो दुईवटा पुल बगाएपछि ताप्लेजुङ जिल्ला यातायातको सम्पर्कबाट पूर्ण रुपमा बिच्छेद भएको मन्त्री ज्वालाले जानकारी दिए । ताप्लेजुङमा विद्युत पनि अवरुद्ध भएको छ ।
वर्षा र बाढीका कारण अरुण करिडोरमा ५०० मिटर सडक बगेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पांग्रेभीरमा पनि सडक अवरुद्ध भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मच्छेबुङको मोटरपुल पनि बगेको छ ।
पाँचथरकै फिदिम–यासोक सडक बीचमा पर्ने कुम्मायक गाउँपालिका–४ बन्थाकमा सडक अवरुद्ध भएको छ । ताप्लेजुङ–सुर्माखिम– खेवाङ–याम्फुदिन जोड्ने मोटर पुल पनि क्षतिग्रस्त भएको छ । मेची राजमार्गको कान्छीदोकान बजारमा पनि सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको चिवाभञ्ज्याङ गणेशचोक सडक खण्डमा पर्ने फलौचा बजारमा २० मिटरको मेवाखोला पुल पनि भत्केको छ । त्यस्तै मदन भण्डारी राजमार्गको पनि ठाउँठाउँमा अवरुद्ध भएको छ ।
ताप्लेजुङ जिल्लामा यातायात आवागमन खुलाउन हेवाखोला पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माण गरिने भौतिक पूर्वाधारमन्त्री ज्वालाले जानकारी दिए । त्यहाँ १० दिनभित्र बेलिब्रिज जोडिने उनको भनाइ छ । बेलिब्रिज निर्माण नहुँदासम्म सतहबाटै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने उनले बताए ।
अवरुद्ध सडक खुलाउन सडक आयोजना कार्यालयहरुलाई भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागबाट निर्देशन दिइसकेको र काम भइरहेको मन्त्री ज्वालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।