logo

बाढीका कारण ताप्लेजुङ यातायात सम्पर्कविच्छेद, सडक र पुलमा करोडौंको क्षति

    877   पटक पढिएको


३ असार/अर्थ र व्यापार– शनिबार राति आएको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार शनिबार रातिको वर्षा, बाढी र पहिरोका कारण धेरै त्यस क्षेत्रका धेरै सडक अवरुद्ध हुनुका साथै पुलहरु पनि भत्किएको छ । सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको मन्त्री ज्वालाले आइतबार प्रतिनिधिसभाको बैठकमा यस्तो अवस्थाबारे जानकारी दिएका हुन ।
उनका अनुसार ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ । त्यस्तै तमोर करिडोरमा पर्ने पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने मझमिटारस्थित ४५ मिटर लामो हेवाखोला बेलिब्रिज पनि बगेको छ ।
यो दुईवटा पुल बगाएपछि ताप्लेजुङ जिल्ला यातायातको सम्पर्कबाट पूर्ण रुपमा बिच्छेद भएको मन्त्री ज्वालाले जानकारी दिए । ताप्लेजुङमा विद्युत पनि अवरुद्ध भएको छ ।
वर्षा र बाढीका कारण अरुण करिडोरमा ५०० मिटर सडक बगेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पांग्रेभीरमा पनि सडक अवरुद्ध भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मच्छेबुङको मोटरपुल पनि बगेको छ ।
पाँचथरकै फिदिम–यासोक सडक बीचमा पर्ने कुम्मायक गाउँपालिका–४ बन्थाकमा सडक अवरुद्ध भएको छ । ताप्लेजुङ–सुर्माखिम– खेवाङ–याम्फुदिन जोड्ने मोटर पुल पनि क्षतिग्रस्त भएको छ । मेची राजमार्गको कान्छीदोकान बजारमा पनि सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको चिवाभञ्ज्याङ गणेशचोक सडक खण्डमा पर्ने फलौचा बजारमा २० मिटरको मेवाखोला पुल पनि भत्केको छ । त्यस्तै मदन भण्डारी राजमार्गको पनि ठाउँठाउँमा अवरुद्ध भएको छ ।
ताप्लेजुङ जिल्लामा यातायात आवागमन खुलाउन हेवाखोला पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माण गरिने भौतिक पूर्वाधारमन्त्री ज्वालाले जानकारी दिए । त्यहाँ १० दिनभित्र बेलिब्रिज जोडिने उनको भनाइ छ । बेलिब्रिज निर्माण नहुँदासम्म सतहबाटै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने उनले बताए ।
अवरुद्ध सडक खुलाउन सडक आयोजना कार्यालयहरुलाई भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागबाट निर्देशन दिइसकेको र काम भइरहेको मन्त्री ज्वालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।