logo

अर्थ समितिका एक जना सांसदको स्वार्थले रोकिएको ब्रोकर लाईसेन्स

सभापति चालिसे भन्छन–अब तत्काल खुला गर्छाैं

    435   पटक पढिएको

१ असार / अर्थ र व्यापार- नितिगत रुपमा एक जना सांसदको व्यक्तिगत स्वार्थले कति ठूलो असर पर्छ भन्ने कुरा अहिले रोकिएको नयाँ ब्रोकर लाईसेन्स प्रकरणले देखाएको छ । लामो समयको छलफल तथा बहशपछि सर्वोच्च अदालतले समेत कानुनी बाटो खुला गरिदिएको नयाँ लाईसेन्स वितरण प्रक्रियालाई अर्थ समितिमा सांसद पदम गिरीले आफ्नो स्वार्थ अनुकुल रोकिदिएका हुन् ।

अर्थ समितिको सभापति सन्तोष चालिसेका अनुसार सांसद पदम गिरीले अर्थ समितिको पहिलो बैंठकबाटै नयाँ लाईसेन्स वितरण प्रक्रिया रोक्नुपर्ने, सो सम्बन्धमा छानविन समिति गठन गर्नुपर्ने जस्ता माग राखेर समस्या खडा गर्दै आएका थिए । तर सो सम्बन्धमा सभापति चालिसेले वास्ता नगरेपछि उनले सोमबार भएको अर्थ समितिको चौथौं बैंठकमा आफु अनुकुलका आधा दर्जन सांसदलाई सो सम्बन्धमा बोल्न लगाएर आफ्नो स्वार्थ पुरा गरे अर्थात तत्काललाई नयाँ ब्रोकर लाईसेन्स सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिन लगाए ।

अर्थ समितिको नयाँ ब्रोकर रोक्ने उक्त निर्देशन जारी भएलगत्तै विभिन्न सामाचार माध्यम र सामाजिक संजालमार्फत ठूलो विरोध सुरु भयो । हाल समाजिक संजालमा अर्थ समितिको २४ जना सांसदहरुको नाम, उनीहरु सम्बद्ध राजनीतिक दल र मोबाइल नम्बर राखेर सामाजिक संजालमा विधरो भएपछि सभापति चालिसेले यस विषयमा आफु समेत दबाबमा परेर तत्कालका लागि उक्त निर्णय गर्न बाध्य भएको बताएका छन् । ‘अर्थ समितिको पहिलो बैंठकबाटै माननीय पदम गिरीले अहिले नयाँ ब्रोकर लाईसेन्स रोक्नु पर्यो भन्दै छलफलमा प्रस्ताव ल्याउनु भएको थियो,’ संचारकर्मीसँगको कुराकानीमा उनले भने, ‘मैले यो विषयमा सर्वोच्च अदालतले टुङ्गो लगाईसकेकाले अर्थ समितिले छाविन गर्नुको औचित्य छैन भन्दै आएको थिए तर सोमबार भएको चौथौं बैंठकमा उहाँले केही सांसदलाई उचालेर होहल्ला गरेपछि तत्कालका लागि बुझ्न भन्दै उक्त निर्देशन दिएका हौं ।’

नयाँ ब्रोकर लाईसेन्स रोक्नका लागि सिमित व्यक्तिहरुको भित्री खेल बुझिएको र अब तत्काल अर्थ समितिको बैैंठक राखेर बाटो खुला गरिदिने समेत उनले जानकारी दिए । ‘हाम्रो नयाँ ब्रोकर लाईसेन्स रोक्ने मनशाय छैन, बजार विस्तार गर्नुपर्छ भन्ने नै हो,’ उनले भने, ‘सोही अनुरुप मैले सुरु देखि नै यस विषयमा कुनै चासो देखाएको थिईन तर माननीय पदम गिरीले धेरै नै चासो देखाएर बैंठकमै लफडा गरेपछि यो अवस्था सिर्जना भएको हो ।’

सांसद गिरी भने यस विषयमा सदनमा कुरा उठ्ने देखि समितिमा समेत उजुरी परेपछि छानिवका लागि भन्दै तत्कालका लागि रोकिएको बताउँछन् । ‘मेरो पनि उद्देश्य नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्ने होइन, दिनुपर्छ भन्ने नै हो,’ उनले भने–‘तर हामीले ब्रोकर लाईसेन्स वितरण प्रक्रियाको मापदण्ड पुगे नपुगेको विषयमा अध्ययन गर्ने मात्र भनेको हौं, तर अब तत्काल अर्को बैंठक बसेर नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गर्छौं ।’ यस विषयमा सम्बद्ध सरोकारवाला निकायलाई अर्थ समितिका बोलाएर वास्तविकता बुझ्नका लागि मात्रै तत्काल रोकेको र अब २÷४ दिनमै बैंठक बोलाएर बाटो खुला गरिदिने उनको तर्क छ ।

लामो समयदेखि नयाँ ब्रोकर लाईसेन्स रोक्नका लागि केही पुराना ब्रोकरहरुको सिमित स्वार्थ समुह सक्रिय हुँदै आएका छन् भने त्यसमा कयौं पटक उनीहरु सफल पनि भएका छन् । यसअघि पनि अर्थ समिति मार्फत नै यस्तै हतकण्डा निकाल्न लगाएर तत्कालका लागि नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्न सफल भएका थिए । तर सो विषयमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अडान लिएर बजार विस्तार गर्ने भन्दै नयाँ ब्रोकर लाईसेन्सको आवेदन माग गरेपछि पुरानो ब्रोकरहरु सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए । तर सर्वोच्च अदालतले समेत अहिलेको अवस्थामा नयाँ ब्रोकर लाईसेन्स आवश्यक रहेको ठहर गर्दै उक्त रिट खारेज गरिदिएको थियो ।

सोही अनुरुप हाल धितोपत्र बोर्डले क्षेत्रगत रुपमा ४३ वटा कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको छ । जसमध्ये १८ वटा नयाँ ब्रोकरले व्यवसाय संचालन अनुमति नै पाईसकेका छन् । नयाँ ब्रोकर लाइसेन्स वितरण भएसँगै पुराना ब्रोकरहरुको संस्था स्टक ब्रोकर एसोसिएसनले अहिले भएकै ब्रोकरले लगानीकर्तालाई सेवा दिन सक्ने र नयाँ आवश्यक नभएको भन्दै विज्ञप्ती समेत जारी गरेका छन् भने सोही अनुरुप विभिन्न निकायमा पुगेर रोक्नका लागि लविङ् समेत गर्दै आएका छन् । तर सर्वोच्च अदालतको निर्णयबाटै नयाँ ब्रोकर लाईसेन्स जारी भएर संचालनमा गएको अवस्थामा सिमित व्यक्तिको स्वार्थमा अर्थ समितिले रोक्नका लागि निर्देशन दिनु भएको कानुनी रुपमै गलत भएको सम्बद्ध कानुनविदहरु बताउँछन् ।

सर्वोच्च अदालतको निर्णय कुल्चदै अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स रोक्न जुन निर्देशन दियो त्यसो भन्ने कानुनी रुपमा गम्भिर त्रृटि रहेको कानुन व्यवसायी एवं नयाँ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल बताउँछन् । ‘कुनै पनि विषयमा विवाद भएर कानुनी रुपमा सम्मानित सर्वोच्च अदालतबाट टुङ्गो लागिसकेको विषयमा अर्थसमितिले जुन निर्देशन दियो त्यसो नै गैरकानुनी र सर्वोच्चको मानहानी हो,’ उनले भने, ‘संविधानको धारा १२८ बमोजिम सम्मानित सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने दायित्व जनप्रतिनिधि लगायत सबै निकायको रहन्छ तसर्थ अर्थ समितिको उक्त निर्देशनको कुनै औचित्य रहँदैन ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।