logo

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर चिरञ्जीवी नेपाल नियुक्त

    1028   पटक पढिएको


१६ चैत/अर्थ र व्यापार – नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाललाई राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयका एक सदस्यका अनुसार नेपालले बुधबार नै नियुक्ति पत्र बुझिसकेका छन् । अर्थविद् एवं नेपालको श्रम र आर्थिक क्षेत्रबुझेका नेपालले सोह्रौं गभर्नरका रुपमा २०७१ सालको ८ चैतदेखि २०७६ सालको ५ चैतसम्म राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए ।
नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि उनले लिएको पुँजी वृद्धि र बैंक मर्जर नीतिलाई नेपालको बैंकिङ इतिहासमा एकदमै राम्रो निणर्यको रुपमा लिइन्छ । पूर्व गर्भनर नेपालले आफु राष्ट्र बैंकमा हुँदा लिएको सोही नीतिका कारण अहिले मुलुकभरका एक तिहाई बैंक तथा वित्तीय संस्थाको अस्तित्व नै समाप्त भइसकेको छ । त्यतिबेला देखि सरु भएको बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको लहर अझै रोकिएको छैन ।
यसैगरी, समस्याग्रस्त वित्तीय संस्थाहरुको व्यवस्थापन र वित्तीय पहुँच अभिवृद्धिमा पनि नेपालको ठूलो योगदान छ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली पनि नेपालले नै स्थापना गरेका हुन् ।
अर्थविद् एवं पूर्वगर्भनर नेपाल त्यसअघि २०६४ सालको ११ भदौदेखि २०६५ सालको ११ मंसिरसम्म नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष थिए । उनले सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् ।
काठमाडौँ विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर नेपालले ६ वर्ष काम गरेका छन् । नवनियुक्त राष्ट्रपति पौडेलका आर्थिक नेपालसँग २२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएको अनुभव पनि छ । उनी तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाको आर्थिक सल्लाहकार पनि थिए ।
पारिवारिक पृष्ठभूमिका कारण सानैदेखि नेपाली कांग्रेससँग आबद्ध नेपाल २०३६ सालमा पाल्पा नेविसंघको संस्थापक अध्यक्ष पनि हुन् । यसैगरि, अर्थविद् नेपालले बीपी विचार र अर्थतन्त्रसम्बन्धी पुस्तक पनि लेखेका छन् ।
सानै उमेरदेखि नेपाली कांग्रेससँगको सामीप्यकै कारण नेपाललाई पूर्वप्रधानमन्त्री शुशील कोइरालाले आर्थिक सल्लाहकार र राष्ट्र बैंकको गभर्नर बनाएका थिए । पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा भित्राएको खुला बजार अर्थतन्त्रको नेपाल कट्टर पक्षपाती हुन् ।
यसअघि अर्थविद् नेपालले निजी क्षेत्रका तीनवटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघमा सल्लाहकार एवं परामर्शदाताका रुपमा पनि काम गरिसकेका छन् ।
आर्थिक सल्लाहकारमा नेपाललाई नियुक्त गरेका राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा पूर्वमहान्यायाधिवक्ता एवं गण्डकीका पूर्वप्रदेश प्रमुख बाबुराम कुँवरलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।