logo

नेपाली काँग्रेस सरकारमा सहभागी हुँदै,पूर्णबहादुर खड्का अर्थमन्त्री बन्ने

    972   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार – नेपाली काँग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई अर्थमन्त्रीको रुपमा सरकारमा पठाउने आन्तरिक सहमति गरेको छ । पार्टीले खड्कालाई अर्थमन्त्रीका रुपमा उनकै नेतृत्वमा सरकारमा सामेल हुने आन्तरिक सहमति गरेको हो ।
अहिले सरकारमा सहभागी गठवन्धन दलबीच माओवादी केन्द्रले गृहमन्त्रालयको माग गरेपछि काँग्रेसले अर्थमन्त्रालयमा दाबी गरेको हो ।
यसअघि काँग्रेसबाट डा. प्रकाशशरण महत, विनोद चौधरी लगायतको नाम अर्थमन्त्रीको रुपमा चर्चा भएपनि अन्ततः पूर्णबहादुर खड्का अर्थमन्त्री बन्ने अवस्था बनेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपाली काँग्रेसले औपचारिक रुपमा निर्णय भने गरिसकेको छैन । ‘खड्कालाई अर्थमन्त्री बनाएर उनकै नेतृत्वमा सरकारमा पठाउने आन्तरिक सहमति भएको छ, बिचमा कुनै विवाद नभएको खण्डमा उनी नै अर्थमन्त्री बन्नेछन्’ स्रोतले भन्यो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता खड्का सुर्खेतका हुन् । उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुँदै पार्टी उपसभापतिसम्म बनेका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी काँग्रेसको निर्वाचित पहिलो उपसभापति बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।