logo

रवि लामिछानेले पुनः लिए नागरिकता

    746   पटक पढिएको


१५ माघ/ अर्थ र व्यापार – पूर्वगृहमन्त्री रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार लामिछानेले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पूरा गरेर नागरिता पुन प्राप्त गरेका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार फैसला गरेसँगै लामिछाने आइतबार बिहानै नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिको प्रकृया नगरेको भन्दै प्रकृया शुरु गर्नुपर्ने फैसला गरेको थियो ।

नागरिकता ऐन २०६३ अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत रद्द हुने व्यवस्था भएपनि लामिछानेले रद्द भएकै नागरिकताको आधारमा नेपालमा काम काज गर्दै आएका थिए । सर्वोच्चले पुरानो नागरिकता बमोजिम भएका सबै कामकाज गैरकानूनी ठहर गर्दै लामिछानेले नागरिकता नियमावली बमोजिम पुनः नागरिकता प्राप्तिको प्रकृया शुरु गर्नु पर्ने फैसला गरेको थियो ।
नियमावली अनुसार पुन नागरिकता प्राप्त गर्न अटेर गर्दै आएका लामिछानेले सर्वोच्चको फैसलापछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई अमेरिकी नागरिकता त्यागेको निस्सा दिँदै नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।