logo

दुबईमा घरजग्गा बेच्न नेपालमा ’प्रोपर्टी शो’ गर्ने पाँच भारतीय पक्राउ

    848   पटक पढिएको


९ माघ /अर्थ र व्यापार – गैरकानुनीरूपमा नेपालीलाई युएईको दुबईमा लक्जरियस अपार्टमेन्ट र जग्गा खरिदका लागि ’प्रोपर्टी शो’ आयोजना गर्ने पाँच भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।
दुबई ‘प्रोपर्टी शो’ हुनै लाग्दा राष्ट्र बैंकले भन्यो– ‘विदेशमा घरजग्गा किने कारबाही हुन्छ’ दुबई प्रोपर्टी शो हुनै लाग्दा नेपाल राष्ट्र बैकले विदेशमा घरजग्गा किने कारबाही गर्ने चेतावनी दिएको छ ।
पक्राउ पर्नेमा हर्ष शर्मा, अफताब हमज, काजल रवि अग्रवाल, गुरुचरण सिंह मेहता र अनुभव बर्मा रहेका छन्। नेपालीलाई लक्ष्य गर्दै शनिबार र आइतबार काठमाडौं सोल्टी होटलमा विशेष कार्यक्रम आयोजना गरेका थिए ।
सार्वजनिक सूचना दिएर दुबई प्रोपर्टी शो आयोजना गर्न थालेपछि गत पुस २९ मा नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विदेशमा घरजग्गा किने कारबाही गर्ने चेतावनी दिएको थियो।
राष्ट्र बैंकको चेतावनीपछि पनि कार्यक्रम सञ्चालन गरेपछि आइतबार दिउँसो प्रहरीले कार्यक्रम स्थलमा गएर पक्राउ गरेको थियो। उनीहरूको राहदानी नियन्त्रणमा लिएको थियो। प्रशासनबाट समेत अनुमति नलिई कार्यक्रम गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको थियो।
इन्भेस्टर मिडिएटर्सले दामस नाम दिएर आयोजना गरेको दुबई प्रोपर्टी शोमा अपार्टमेन्ट र भिल्ला खरिद गर्नेलाई १० वर्षको गोल्डेन भिसा दिने अफरसमेत ल्याइएको थियो। योसँगै पाँच प्रतिशत डाउन पेमेन्टमा बुकिङ गर्न सकिने, एक प्रतिशत कर छुट, बैंक ऋणसमेत व्यवस्था गरेको थियो।
काठमाडौंमा बुकिङ गरेपछि दुबई जान निःशुल्क हवाई टिकटदेखि पाँचतारे होटलमा दुईजनालाई तीन रात चार दिनको प्याकेजसमेत दिने घोषणा गरेको थियो। नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाइरहेका बेला दुबईमा रहेका व्यवसायीले भने नेपाल आएर अपार्टमेन्ट र भिल्ला बिक्रीका लागि प्रदर्शनीको आयोजना गरेका थिए ।
सोल्टी होटलमा उक्त कार्यक्रम गत वर्ष पनि सञ्चालन भएको थियो। तर, गत वर्ष पनि उक्त कार्यक्रमको विरोध भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।