logo

ऊर्जामन्त्री लिङ्देनको पहिलो निर्णय : ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने

    68   पटक पढिएको

३ माघ/अर्थ र व्यापार – नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङदेनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन् ।
मंगलबार पदभार ग्रहण गर्दै नवनियुक्त उर्जामन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर आफुले काम गर्ने पहिलो निर्णय गरेको बताए । उनले जसकालागि तीन सदस्यीय कार्य दल बनाउने बताए ।
मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन हुने कार्य दलले मन्त्रालयको आवश्यक्ता र प्राथमिक्ताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउने उनले बताए ।

यसैगरि, उनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने बताए ।
सबै मन्त्रालयहरुको आ–आफ्नो ठाउँमा महत्व हुने भन्दै उनले नेपाल जस्तो देशको लागि ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनु आफ्नो लागि एउटा महत्वपूर्ण अवसर भएको बताए ।‘भन्नेहरुले सरकारमा गयो कि बिग्री हाल्छ जानै हुँदैन है राजेन्द्र लिङदेनजस्ता मानिसहरु भन्थे ।


नेपालको सन्दर्भमा सरकारमा जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकी त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । नबिग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो । यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई विश्वास छ’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

चालक दलका सदस्य सहित ७२ जना सवार यतीको विमान पोखरामा दुर्घटना ,उद्धार कार्य जारि

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालद्धारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन ,अर्थमन्त्रीमा विष्णु पौडेल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिन उपप्रधानमन्त्री सहित ८ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन गरेका छन् ।

आर्थिक समृद्धि नारामै सिमित, अझै प्राथमिकतामा परेन विकासका एजेण्डा

गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला विभिन्न राजनितिक दलहरुले आ– आफ्ना पार्टीको घोषणापत्र मार्फत आम नागरिक समक्ष ‘मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउने’ आकर्षक नारा अगाडी सारेका छन् ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।