logo

यतिको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना

    928   पटक पढिएको

१ माघ/अर्थ र व्यापार –  यतिको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ ।
आइतबार विहान काठमाडौबाट उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोँचमा झरेर दुर्घटनाग्रस्त भएको हो।
यो दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछिको पहिलो हो। दुर्घटना के कारणले भयो भन्ने प्रतिवेदनपछि आउला तर, एयरलाइन्सनिकट व्यक्तिहरूका अनुसार चरा ठोक्किएको आशंका छ। उसै त सो विमानस्थल नजिकै फोहोर फाल्ने ल्यान्डफिल साइट रहेका कारण धेरै काग र गिद्ध आउने गरेको छ।
जसका कारण विमानस्थल सञ्चालनअघि नै ल्यान्डफिल साइट हटाउनुपर्ने विभिन्न प्रतिवेदनमा उल्लेख थियो । तर,सञ्चालन गर्ने निकायले भने वेवास्ता गर्दै जनवरी १, २०२३ बाट विमानस्थल सञ्चालनमा ल्याएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानमात्र हुँदै आएको छ। अहिले पोखरा उपमहानगरपालिकाले पनि ल्यान्डफिल साइट हटाउने भने पनि केहि प्रक्रिया अगाडि बढाएको छैन।
’ल्यान्डफिल साइट हटाउनुपर्ने प्रतिवेदनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले वेवास्ता गर्दै उडान गरेका कारण यो दुघर्टना भएको हो,’ प्राधिकरणका एक पूर्वअधिकारीले भने, ’प्रतिवेदनमा ल्यान्डफिल साइटसहित डाँडा काट्नुपर्ने समेत उल्लेख छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।