logo

सरकारले अघि सारेको विविध कार्यक्रममा सहभागी हुन प्रदेश सांसद्को आग्रह

    869   पटक पढिएको



२५ मंसिर/अर्थ र व्यापार – बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सांसद् प्रकाश श्रेष्ठले स्थानीय महिला एवं युवालाई स्वरोजगारी र आर्थिक रुपले सम्बृद्ध बनाउन सरकारले अघि सारेको विविध कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन ।
शनिबार सम्पन्न तारकेश्वर नगरपालिका ४ र ५ लोलाङस्थित जनजागृति टोल सुधार समितिको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सांसद् श्रेष्ठले स्थानीयवासीलाई यस्तो आग्रह गरेका हुन ।
उनले यस प्रदेश सरकारले विभिन्न क्षेत्रका स्थानीय महिला एवं युवालाई लक्षित गरि सीपविकास तथा स्वरोजगारमुलक व्यवसाय सञ्चालन गर्दै उनीहरुको जिवनस्तर उकासेर आर्थिक रुपले सम्बृद्ध बनाउन विभिन्न कार्यक्रम ल्याएपनि अझै लक्षित वर्गले अपेक्षाकृत रुपमा लाभ लिन नसकेको बताए । उनले सरकारले लागु गरेका यस्ता राम्रा कार्यक्रमकालागि स्थानीय जनप्रतिनिधी तथा टोलसुधार समितिले नै सरकारका विविध कार्यक्रममा स्थानीय महिलाहरुको सहभागीता एवं पहुँच बढाउने भूमिका खेलिदिनुपर्नेमा जोड दिए ।
उनले यस्ता कार्यक्रममा सहभागी हुन अब यो टोल समिति मार्फत आवस्यक क्षमता अभिबृद्ध तालिम र सहुलियत कर्जा लिन आवस्यक प्रस्ताव लिएर आफुकहाँ आउन स्थानीयवासीलाई आग्रह गरे । बागमती प्रदेश सरकार मार्फत १ करोड रुपैयाँ तारकेश्वर नगरपालिकाबाट १ करोड गरि दुई करोड रुपैयाँ युवा एवं महिला शशक्तिकरण कार्यक्रमकालागि सरकारले खर्च गर्न लागेको जानकारी गराउँदै उनले यो कार्यक्रमबाट उचित लाभ लिन सबैलाई आग्रह गरे ।
तारकेश्वर नगरपालिकाका उप प्रमुख सृर्जना बुर्लाकोटी अर्यालले पनि स्थानीय सरकारबाट प्राप्त हुने यस्ता कार्यक्रमबाट उचित फाइदा उठाउन स्थानीयवासीलाई आवहान गरिन । उनले यस्ता विविध राम्रा कार्यक्रमको सहज पहुँच विस्तार गरि धेरै भन्दा धेरै नागरिकलाई लाभान्वित बनाउने उदेस्यले नगरपालिका मार्फत आफुहरुले सक्दो प्रयास गरिरहेको बताइन् । जसकालागि स्थानीय उपभोक्ता समितिको काम एकदमै महत्वपूर्ण हुने उनको भनाई थियो।
तारकेश्वर नगरपालिका–५ का वडाप्रमुख सम्भुप्रसाद फुँयालले पनि आफुले यस क्षेत्रका स्थानीयवासीलाई सहज रुपमा यस्ता कार्यक्रममा सहभागी गराउन आफुहरुले सक्दो प्रयास गर्ने बताए । उनले यस क्षेत्रका हरेक विकास निर्माणका काममा आफुले स्थानीय टोलबासीसँग आपसी सहकार्य गरि अघि बढ्ने नीति लिएको बताए । यसैगरि, उनले तानपा–५ नं. वडाको फोहोर उचित व्यवस्थापन गरि आम्दानीको राम्रो स्रोत बनाउने र स्थानीयवासीलाई रोजगार उपलब्ध गराउन आफुले विशेष पहल गरिरहेकाले अब यो प्रयासमा प्रदेश सरकारले पनि थप सहयोग गरिदिनुपर्ने बताए ।
उनले यस नगरपालिकामा खानेपानीको सहजआपूर्तिको व्यवस्था मिलाउन आफुहरुले धेरै काम अघि बढाएको जानकारि गराए । पुरानो मुहानबाट ल्याईएको खानेपानी स्थानीयवासीको घरका धारामा झर्न छाडेको व्यापक जनगुनासो आएपछि उपयुक्त ठाउँमा नयाँ डिप बोरिङ खनेर छिटै यहाँका उपभोक्तालाई खानेपानीको सहज आपूर्तिको व्यवस्था मिलाउन आफुले सक्दो प्रयास गरिरहेको बताउँदै उनले स्थानीय सरोकारवाला निकायलाई जतिसक्दो छिटो काम सम्पन्न गर्न जोड गरेको जानकारि गराए ।
उनले खानेपानीको समस्या मात्र नभएर अहिले यस क्षेत्रमा फोहोर व्यवस्थापन, सार्वजनिक जग्गाको उचित व्यवस्थापन, सडक विस्तारका काम लगायत हरेक क्षेत्रमा आफुले सक्दो प्रयास गरेको बताउँदै उनले स्थानीय टोलवासीलाई आफ्ना आवस्यक समस्याका बारेमा जनप्रतिनीधीलाई खुलेर माग गर्न समेत आग्रह गरे ।
समाजको विकासमा स्थानीय टोलवासीको महत्वपूर्ण भूमिका हुने भएकाले उनले यस टोल सुधार समितिलाई पूर्वाधार विकासमा हालसम्म गरेको सहकार्य जस्तैगरि आगामी दिनमा पनि यस क्षेत्रका विकृति विसंगति हटाउन स्वयंम टोलवासी सचेत हुनुपर्ने धारणा राखे । यसैगरि, उनले यहाँका स्थानीय स्रोत साधनको उचित सदुपयोग गरि आफ्नो क्षेत्रभित्र भएका मुहानको पानी बाहिर जान नदिने लक्ष्यकासाथ आफुले काम गर्ने आश्वासन दिए ।
समितिका निवर्तमान अध्यक्ष तोकबहादुर तामाङले अहिलेसम्म यस क्षेत्रमा भएका विविध कार्यहरुका बारेमा जानकारि गराएका थिए ।
सो कार्यक्रममा जितगुरु सहकारीका अध्यक्ष कमलप्रसाद रिमाल, संस्कृत शिक्षा सदनका प्रवन्ध निर्देशक रवि केसी लगायतले अहिलेसम्म यो क्षेत्रमा भएका गतिविधीहरुका बारेमा सम्बन्धीत सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए । सोही कार्यक्रममा समितिले टोलमा बसेर राम्रो काम गरेको भन्दै रामबहादुर थापा, डिलबहादुर गुरुङ, हरिचन्द्र घिमिरे लगायतलाई सम्मान गरेको थियो ।
यसैबीच, जनजागृति टोल सुधार समितिको अध्यक्षमा राजकुमार प्रधान, उपाध्यक्षमा सलिना अर्याल, सचिवमा रुद्रबहादुर राउत, सहसचिवमा निलनाथ आचार्य, कोषाध्यक्षमा हरिचन्द्र घिमिरे निर्वाचित भएका छन ।
यसैगरि, कार्यसमिति सदस्यहरुमा गोपाल श्रेष्ठ, दिलिप देवकोटा, पूर्ण गुरुङ, मैनाकुमारी वन कार्की, पुष्पा गुरुङ, गोमा बल्छौंडी, भगवान पोख्रेल र सुजित मैनाली निर्वाचित भएका छन । कुल १३ सदस्यीय उनीहरु सबैजना सर्वसहमतीको आधारमा आगामी दुई वर्षे कार्यकालकालागि निर्वाचित भएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।